बाँकेको उद्योग क्षेत्रका समस्या र समाधानका उपाय के हुन ?


नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका उद्योगहरुको समस्या र समाधानको उपायहरु औल्याएको छ । हेर्नुहोेस् बुँदागतरुपमा-

समस्या :
१) पूँजी लगानीका अभाव :
२) झन्झटिलो दर्ता प्रक्रिया :
३) नौवस्ता औद्योगिक क्षेत्र वि.सं. २०७० सालमा स्थापना
प्रक्रिया शुरु भए पनि हालसम्म औद्योगिक क्षेत्र
सञ्चालन हुन ढिलाई :
४) आप्mनो जग्गा भएको ठाउँमा उद्योग स्थापना गर्न
तथा स्थापना गरिसकेको उद्योगको वरिपरि पछि
बस्ती बस्दा उद्योग हटाउनु पर्ने समस्या :
५) उत्पादित वस्तुको बजार व्यवस्थापनमा समस्या :
६) दक्ष जनशक्तिको अभाव :
७) उद्योग स्थापना गर्दा आधारभूत आवश्यकताको अभाव :
८) बैकिङ्ग प्रणालीको तरलतामा समस्या :
९) भारतसँगको खुला सिमाना :
१०) सरकारद्धारा उद्योग प्रतिको आकर्षणमा कमी :
११) आयतित कच्चा पदार्थ र पूर्ण रुपले निर्मित एवम्
तयारी वस्तुको भन्सार दरमा समस्या :
१२) उद्योगमा राजनितीकरण :
१३) सरकारको जटिल औद्योगिक निती नियम :
१४) राजनितिक अस्थिरता :
१५) औद्योगिक क्षेत्रमा रहेको उद्योगहरुले आफुले लिएको
जग्गालाई धिताको रुपमा प्रयोग गर्न नपाउनु


समाधानहरुः
१) सरकारद्धारा उद्योग स्थापनका लागि लगानीको
अवसरमा वृद्धि गर्ने :
२) दर्ता प्रक्रिया देखि स्थापना सम्मको प्रक्रिया एकद्धार
प्रणालीबाट हुनुपर्ने :
३) नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनमा ल्याई उद्योगहरु
ढिलाई नगरी सञ्चालनमा ल्याउनुपर्ने :
४) स्थापना गरिसकेको उद्योगको वरिपरि बस्ती बसाउन
नदिने :
५) बजार व्यवस्थापनका लागि औद्योगिक पूर्वधार जस्तै
बाटो, हवाई मार्गमा पँहुच हुने गरि व्यवस्था मिलाउन
पर्ने :
६) दक्ष जनशक्ति उत्पादनका लागि तालिम तथा
सीपमूलक स्कूल तथा तालिम केन्द्रको सृजना गरि
मूल्य नलाग्ने तथा न्यूनतम् मूल्यमा सीप दिनुपर्ने :
७) औद्योगिक क्षेत्र व्यवस्थापनले, उद्योगीहरु विद्युत, सञ्चार, बैंक, अन्य कार्यमा लिर्नुपर्ने महशुल रकममा राहत उपलब्ध गराउनु पर्ने :
८) कर्जाको ब्याजदर घटाउने, पुर्न कर्जा र व्याज मिनहा हुनुपर्ने :
९) भारतसँगको खुला सिमानालाई व्यवस्थित गरी कैरिङ्ग गर्ने व्यक्तिहरु माथी कडा कार्यवाही गर्नुपर्ने :
१०) सरकारले यस जिल्लालाई औद्योगिक कोरिडोरको रुपमा घोषण गर्नुपर्ने :
११) आयतित कच्चा पदार्थ र निर्मित तयारी बस्तुको भन्सार दर एउटै रहेको र सो बस्तुको भन्सार दर समय सापेक्ष समायोजन गर्नुपर्ने :
१२) उद्योगमा कुनै पनि किसिमको राजनितिकरण नगर्न सरकारद्धारा निति, नियम बनाउनु पर्ने :
१३) सरकारको जटिल औद्योगिक निति, नियमहरु सहज एवम् पहुँचमा हुनुपर्ने :
१४) राजनितिमा स्थिरता हुनुपर्ने :
१५) औद्योगिक क्षेत्र भित्र स्थिपना भएका उद्योगहरुले सरकारबाट लिएको जग्गालाई बैंकमा धितो राखी भोगाधिकार गर्न पाउनुपर्ने ।

प्रकाशित मितिः     12:43:49 PM  |