लुम्बिनी प्रदेश स्तरीय स्थानीयतह स्वमूल्यांकन प्रशिक्षक प्रशिक्षण सम्पन्न


लुम्बिनी प्रदेशको प्रदेश प्रशिक्षण प्रतिष्ठान बाँकेले तीन दिने स्थानीय तह संस्थागत क्षमता विकास स्वमूल्यांकन प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण बुधबार बुटवलमा सम्पन्न गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विषय विज्ञ र प्रतिष्ठानका कार्यकारी निर्देशकले स्थानीय तह संस्थागत क्षमता विकास स्वमूल्यांकन कार्यविधि २०७७ का आधार, सूचक र रिपोटिङ्ग प्रकृयाका बारेमा प्रशिक्षक प्रशिक्षणका सहभागीलाई तालिम दिनु भएको थियो । लुम्बिनी प्रदेशका जिल्ला समन्वय समितिका समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, प्रदेश मन्त्रालयका प्रतिनिधि र स्वतन्त्र विज्ञ सहित ६० जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मोतीप्रसाद शर्माले जानकारी दिनु भयो ।
प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १०९ वटै पालिकाको प्रतिनिधित्व नभएपनि सबै जिल्लाको प्रतिनिधित्व भएको छ । तालिमका जिल्ला समन्वय अधिकारी १२ जना, गाउँपालिका र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २३ जना, स्वतन्त्र विज्ञ २० जना र प्रदेश मन्त्रालयबाट ६ जनाको सहभागीता रहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।
प्रशिक्षणमा मुख्य गरी स्थानीय तहको १० वटा विषय क्षेत्रहरु स्थानीय तह संस्थागत क्षमता विकास स्वमूल्यांकन,शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन सफ्वेयर सम्बन्धी रहेका छन् ।
तालिममा यी विषय क्षेत्रका तीन अवस्थागरी जम्मा १ सय सूचकमा पूर्णाङ्क पनि १ सयमा स्वमूल्यांकन विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक एवंम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिब डिलाराम पन्थीले जानकारी दिनु भयो । उहाँले नेपालले लिएको मुख्य नारा सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि संघीय सरकारले मात्रै नभएर स्थानीय तहले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
यस तालिम पश्चात स्वमूल्यांकनन कार्य स्थानीय तहले सम्पन्न गरेपछि कथ्यका आधार स्थानीय तहको मूल्यांकन गर्ने परम्परा समाप्त हुने र तथ्यका आधारमा मूल्यांकन गर्ने परम्पराको विकास हुने उपसचिब पन्थीको धारणा रहेको छ ।
प्रशिक्षक प्रशिक्षण तालिममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिष्ठानका कार्यकारी निर्देशक मोती प्रसाद शर्मा, सहसचिव बसन्त अधिकारी, उपसचिव डिलाराम पन्थी, उपसचिव कवीन्द्र नेपाल र उपसचिव सूरेश आचार्य सहजीकरण गर्नु भएको जानकारी प्रष्ठिानका सूचना अधिकारी कृष्ण विष्टले जानकारी दिनु भयो ।
प्रकाशित मितिः     १२ फाल्गुन २०७७, बुधबार १३:४०  |