नेपालगन्ज १२ फागुन : नेपालगन्जमा पहिलो पटक भेन्टिलेटर सुविधा सहितको एम्बुलेन्स सन्चालनमा आएको छ । यस्तो सुविधायुक्त भेन्टिलेटर पश्चिम नेपालमै दुईवटा मात्र छन् ।
नेपालगन्जमा एचसिआरसी हस्पिटलले उक्त अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स ल्याएको हो । हस्पिटलका प्रबन्धक रमेश सिटौलाका अनुसार, सिकिस्त बिरामीलाई समयमै अस्पताल पुर्याउन यस्ता एम्बुलेन्स अति नै प्रभावकारी हुन्छन् ।
यस्ता एम्बुलेन्सका कारण धेरै बिरामीको ज्यान समेत जोगाउन मद्दत मिल्छ । यस्तो अभाव खट्किरहेका बेला एचसिआरसीले त्यसप्रकारको एम्बुलेन्स ल्याएको हो ।
HCRC अस्पतालबाट भेन्टिलेटर सहितको अत्याधुनिक ICU एम्बुलेन्स पुर्णरुपमा सन्चालनमा आएकोछ । नेपाल तथा भारतमा समेत एम्बुलेन्स सेवा रहनेछ । सम्पर्कको लागि मोबाइल नम्बर 9858090594,9845576811,530712