शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा प्लेनमा सरर….


नेपालगन्ज १३ फागुन:  सीता एयरले हरेक शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा उडान भर्ने भएको छ ।

१२ :  ३० मिनेटमा उडान समयतालिका रहेको छ भने भाडादार रु ५ हजार तोकिएको छ । नेपालगन्जबाट पोखरा जाने र पोखराबाट नेपालगन्ज आउने समय तालिका एउटै रहेको छ ।

चार्टर उडान संगै नेपालगन्ज र पोखरामा हप्ताको दुई दिन नियमित उडान भर्ने सहमित भएको थियो । यसले नेपाल र पोखराबीच पर्यटन, आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

 

प्रकाशित मितिः     १३ फाल्गुन २०७७, बिहीबार ०६:३२  |