सत्ताकै लागि अपवित्र गठबन्धन गर्नुको पीडा काँग्रेस र देशले भोगेको छ-मेघराज ओलीको बिचार


सत्ताको लागि राजनैतिकरूपमा सर्बाङग नग्न कसैसंग पनि अब सहकार्य नगर्न शिर्ष नेतृत्वलाई देश र दुनियाँमा रहेका लाखौं लाख कांग्रेसका शुभचिन्तकहरुले दह्रो दबाब सिर्जना गर्न आवश्यक देखियो ।

सत्ताकै लागि अपबित्र गठबन्धन गर्नुको पीडा कांग्रेसजन र सिङ्गो लोकतन्त्रले अहिलेसम्म भोगिरहेको छ । लोकतान्त्रिक पद्धतिको संस्थागत बिकासका लागि सत्ताधारी शक्ति होईन प्रतिपक्षी शक्ति नै महत्वपूर्ण शक्ति होइन र ? शासकले सत्ताको मातमा रुमल्लिएर लोकतन्त्र माथि बक्र दृष्टि देखाउने दुस्साहस गरेको बेलामा जनताको आवाज बुलन्द गर्दै बाटो बिराउने शासकलाई लोकतान्त्रिक मार्गमा ल्याउने महत्वपूर्ण जिम्मेवारी प्रतिपक्षी दलकै हो ।

अहिले कांग्रेसले त्यो भुमिका निभाउन सक्नुपर्छ ? बिचारको राजनीति गर्ने दलका निम्ति अपबित्र गठबन्धन सहितको सत्ता महत्वपूर्ण होईन । सत्ता बाहिर बस्न जनताले दिएको जनआदेश भन्दा तल, माथी दायाँ, बायाँ कहिकतै यतिबेला कांग्रेस सोच्नु हुदैन । राजनीतिक स्थिरता भने अहिलेको मुख्य पक्ष हो ।

त्यस्का लागि ईमानको राजनीतिलाई सिरोपर गर्दै जनताले सत्तामा बस्ने आदेश दिएको पक्ष र प्रतीपक्षले नैतिकता लाई शिरमा राखेर लक्ष्मण रेखा सहितको उच्चस्तरीय सहकार्य कायम गरेर पनि राजनैतिक स्थायीत्व कायम गर्न सक्नु पर्दछ ।

लोकतान्त्रिक आन्दोलनको सबैभन्दा पुरानो दल कांग्रेसले यसका लागि आफुलाइ सत्ताको लागि जस्तोसुकै गठबन्धन गराउने लोभी पापीहरुबाट आफुलाई बचाउदै गन्धाएको समकालिन नेपाली राजनीतिलाई सफाई गर्न सता बाहिरै बसेर नेतृत्वदायी भुमिका खेल्दै हिजोको गौरबशाली इतिहास अनि अहिलेको बर्तमानमा जिम्मेवार भुमिका र भोलिको नेपालको उज्यालो भबिश्यका लागि गम्भीरताका साथ निचोडमा पुग्न आवश्यक छ ।

प्रकाशित मितिः     १४ फाल्गुन २०७७, शुक्रबार ०६:४३  |