नेपालगन्ज १४ फागुन : विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन नेपालगन्ज बिमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यान गरिएको हो ।
अन्तराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास हुने गरे पनि आन्तरिक विमानस्थलमा वृहत अभ्यास सहित पहिलो पटक अभ्यास गरिएको हो । अभ्यासका लागि भैरहवा, धनगढी, जुम्ला विमानस्थलबाट प्राविधिक र वायुसेवा कम्पनीका विमानस्थल प्रमुखहरु समेत नेपालगन्ज आएका थिए ।
व्यवहारिक अभ्यास र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे प्राविधिकलाई जानकारी दिईएको छ । नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो ।