पत्रकार महासंघ बाँकेमा सर्बसम्मतका लागि प्रेस संगठनले पहल गर्ने


नेपालगन्ज १५ फागुन :  प्रेस संगठन बाँकेको जिल्ला भेला नेपालगन्जमा सम्पन्न भएको छ ।

केन्द्रीय संयोजक गणेश बस्नेतको प्रमुख आतिथ्यता र जिल्ला संयोजक हेमन्त बिकको संयोजकत्वमा सम्पन्न भेलामा सम्पन्न भएको छ । भेलाले दुई बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको नयाँ नेतृत्व चयन सर्बसम्मत गर्नुपर्नेमा जोड दिएको छ । त्यसका लगि संघले आफ्नो तर्फबाट पहल गर्ने छ ।

भेलाले संगठनबाट टाडिएका सहकर्मीलाई फर्किन अपील समेत गरेको छ ।


भेलामा प्रमुख अतिथी एवं केन्द्रीय संयोजक गणेश बस्नेत, नेकपाका केन्द्रीय सदस्य देवराज भार, नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. महेन्द्र बिष्ट, नेकपाका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहमद हारुन, नेकपा बाँकेृका संयोजक सूर्य ढकाल, नेकपा पूर्व प्रचार विभाग सदस्य डिल्ली बिसी, संगठनका लुम्विनी प्रदेश सहईन्चार्ज रुद्र सुवेदी, नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव भेषराज बस्नेत, महासंघ केन्द्रीय सदस्य मधु शाही, महासंघ बाँकेृका अध्यक्ष ठाकुरसिंह थारु, महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले जिल्ला कार्यसमिति सदस्यमा मनोनित गर्नुका साथै प्रदेश समितिमा सिफारिस गरिएको छ ।

प्रकाशित मितिः     १५ फाल्गुन २०७७, शनिबार २१:०७  |
error: Content is protected !!