२००४ सालमा बनेको थियो मानपुरको घर, भत्काइएपछि चलनचल्तीको मूल्य दिने सम्झौता


तस्विर : अनलाइनडटनेपाललन्यूजबाट

नेपालगन्ज :  शुक्रवार नेपालगन्ज खजुरा सडक अन्र्तगत पर्ने मानपुरमोडमा रहेको घर भत्काइयो ।

यो घर बर्षौदेखि भत्काउन सरकारी नियकायले पहल गर्दै आएका थिए ।

सडक अवरोधक घरमा रुपमा हेरिएको यो घर भत्काउँदा किन मानिसहरु खुसी छन् भने यसका कारण सडक दुर्घटना निरन्तर भइरहेका थिए । यो घर स्थानीय अमरसिंहको हो ।

२००४ सालमा निर्माण भएको निकै आर्कषण पुरानो घरको दोस्रो तला २०३० सालमा बनेको थियो ।

मोटामोटी एक कठठ जग्गा भएको घरधनीले बताए ।

उनका अनुसार चलनचल्तीको रेट र घरको उचित मुल्यांकन गरेर पैसा दिने सहमति भएको छ । त्यो सहमति कार्यान्वयन नभए माथि न्यायको ढोका ढक्ढक्याउने उनले बताए ।

२०३६ सालमा बनेका घरहरु बिना मुआब्जा सडक क्षेत्रबाट हटाउने गरिएको भएपनि आफ्नो घर २००४ सालमा बनेकाले कसैले भत्काउन नसकेको सिंहको भनाई छ ।

 

प्रकाशित मितिः     १५ फाल्गुन २०७७, शनिबार ०६:५६  |