बाँकेको पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड


 

नेपालगन्ज :  बाँकेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड लगाइएको छ । अदालतको आदेशले व्यूँतिएपछि नेकपा एमालेका नेता कार्यकर्ता खुसी छन् ।

सोही क्रममा एकिकरण पछि नेकपा बनेको साइनबोर्ड हटाएर नेता कार्यकर्ताहरुले एमालेको साइनबोर्ड राखेका हुन ।


केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य देवराज भार, पार्टी संयोजक सुर्य ढकाल, सहसंयोजक किस्मत कक्षपति, सचिव प्रमोद धिताल लगायतको उपस्थितीमा साइनबोर्ड राखिएको हो ।

एउटा बेग्लै कार्यक्रममा बोल्दै नेता भारले अब सम्पूर्ण कामहरु पार्टी कार्यालय बाटै हुने बताएका छन् ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७७, सोमबार १६:२२  |
error: Content is protected !!