जनार्दन शर्माले भने-गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो


नेपालगन्ज : नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले गलत मार्गमा नेतृत्व लाग्दा राजनीतिक मूल्य र आदर्श स्खलित हुन पुगेको बताएका छन् ।

नेकपा एमाले र माओवादी एकिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले घतलाग्ने भनाई सामाजिक सन्जालमा यसरी लेखेका छन्-

हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ ।

आफै भित्र उत्तर खोज्दै जादा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्व बाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।

परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नु बाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो ।

नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण हो ।

राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताका सपना बाट विचलित विकृत राजनीति प्रति घृणा गर्दै लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादि भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरू विच हातेमालो गरौं ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७७, मंगलवार ०९:५८  |