नेपालगन्ज : सर्वोच्च अदालतको फैसलासंगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँतिएपछि यि दुबै पार्टी केन्द्रदेखि वडास्तरसम्म पूर्व अवस्थामै फर्किएका छन् ।
उनीहरुले सबैभन्दा पहिले पार्टी कार्यालयमा साइबोर्ड फेरेका छन् भने कार्यकर्ता परिचालनमा जोड दिएका छन् ।
बाँकेमा माओवादी केन्द्रले क्रियाशिलता बढाएको प्रतिनिधि सभासदस्य एवं नेता महेश्व गहतराज अथकले बताए ।
केही दिन अघि मात्र कोहलपुरमा माओवादी पार्टी कार्यालय उद्घाटन गरिएको थियो ।
काठमाण्डौंबाट कोहलपुर आएलगत्तै नेता अथकले नेराप्ती सोनारी गाउपालिकाका अगुवा नेताकार्यकर्ता भेलामा पछिल्लो राजनीतिक परिस्थिति र अबको कार्यनीतिका बारेमा प्रशिक्षण दिए ।
उनले व्यूँतिएको माओवादी केन्द्रलाई क्रियाशिल बनाइने उल्लेख गरेका छन् ।