कर सम्बन्धी जानकारी : प्रत्येक किस्तामा कति कर तिर्नु पर्दछ ?


कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारण योग्य आय भएको वा हुने व्यक्तिले पहिलो किस्तामा अनुमानित करको ४०% रकम मध्ये तिर्न बाँकी रकम, दोश्रो किस्तामा अनुमानित करको ७०% रकम मध्ये तिर्न बाँकी रकम र तेश्रो किस्तामा अनुमानित करको १००% रकम मध्ये तिर्न बाँकी रकम दाखिला गर्नु पर्दछ । त्यस्तै कारोबारको आधारमा कर तिर्ने करदाता Turnover Tax (TOT) मा आवद्ध व्यक्ति (करदाता) ले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्दछ ।

दाखिला गर्नु पर्ने मिति दाखिला गर्नु पर्ने कर रकम
पुस महिनाको अन्त्यसम्म पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर
असार महिनाको अन्त्यसम्म असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

स्रोत : आन्तरिक राजश्व विभागको वेयभसाईड

प्रकाशित मितिः     २९ फाल्गुन २०७७, शनिबार १०:२०  |