ग्रामीण विकास लद्यु वित्तद्धारा वित्तीय साक्षरण कार्यक्रम सम्पन्न


नेपालगन्ज :  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले अगुवा ऋणी सदस्यहरुको एक दिने गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश कार्यालय, नेपालगन्जको आयोजनामा भुरिगाऊ शाखा कार्यालय बर्दियाका एक दिने केन्द्र प्रमुखहरुको गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रममा केन्द्रकी कि प्रमुख रमा पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।


कार्यक्रमको संचालन प्रदेश कार्यालयका अधिकृत चन्द्र बहादुर जिसीले, उद्घाटन प्रदेश कार्यालयका प्रवन्धक गोपालप्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य शाखा प्रवन्धक श्बेद प्रसाद शर्माले,मन्तव्य केन्द्रका टिका थारु,मगरागाडी शाखाका शाखा प्रवन्धक चित्र बिक्रम जिसी, प्रदेश प्रमुख गोपालप्रसाद अधिकारीले गरेका थिए । सो कार्यक्रममा असल केन्द्रका बिशेषता, केन्द्र प्रमुखको भुमिका दायित्व , सदस्यहरुको म्यादी जीवन बिमा र ग्राहक संरक्षण कोष(राहतकोष) बारेमा अधिकृत चन्द्र बहादुर जिसी र सदस्यहरुलाई कर्जाको आवश्यक्ता, महत्व, प्रकारहरु,बचतको महत्वका साथै वित्तीय साक्षरता बिषयमा प्रदेश प्रमुख गोपालप्रसाद अधिकारीले सहजिकरण गर्नु भएको र कार्यक्रममा संस्थासंग आवद्व सफल ऋणीको सफलताको कथाको श्रव्यदृ श्यका साथै केन्द्रका विविध समस्याहरुको व्यापक छलफल गरि सम्पन्न भयो ।

प्रकाशित मितिः     ३ चैत्र २०७७, मंगलवार ०७:३३  |
error: Content is protected !!