तलव नपाएपछि मेहलकुना अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा, बिरामी मर्कामा


नेपालगन्ज ३ चैत :  कार्यालय प्रमुखदेखि लेखाप्रमुखसम्मको लापरवाहीका कारण दुई महिनादेखि तलव नपाएको भन्दै सुर्खेत गुर्भाकोटको मेहलकुना अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

आफ्नो माग पुरा गराउन मंगलवारदेखि ओपिडी र प्रशासनिक कार्य बन्द गरेपछि नयाँ आउने बिरामी मर्कामा परेका छन् ।

त्यसक्षेत्रकै एक मात्र सबैभन्दा ठूलो अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि बिरामी न्याउरो मुख लगाएर घर फर्किन बाध्य भएको स्थानीयले जानकारी दिएका छन् ।

प्रकाशित मितिः     ३ चैत्र २०७७, मंगलवार ११:५७  |