आइक्यासले डिजिटल भुक्तानीलाई थप परिस्कृत गर्छ : दिपेन्द्र विष्ट


नेपालगन्ज। नेपालगन्जका दिपेन्द्र विष्ट व्यवसायका क्षेत्रमा उदायका छन् । यिनै उदायमान व्यवसायी विष्टले डिजिटल पेमेन्ट क्षेत्रमा समेत हात हालेका छन् । उनी प्रबन्ध निर्देशक रहेको आइक्यास प्रालिलाई नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ ।

राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याश प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अवको केहि दिनमै आफ्नो सेवा सेवाग्राहीहरुमाझ ल्याउने विष्टले बताए ।

बिष्ट भन्छन् -यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्षसमेत लिएको छ ।

डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडी बढाउने लक्ष छ ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाईंमा पुर्याउने गरी काम दाबी छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार आइक्याश प्रालिले सञ्चालन गर्ने आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेटफर्ममार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ-कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

प्रकाशित मितिः     ४ चैत्र २०७७, बुधबार ०७:४०  |