आयात/ निर्यातमा नेपालगन्जका उद्योगीले झेल्नुपरेका छ समस्या, समाधानको पहल गर्दै संघ


नेपालगन्ज ७ चैत :  नेपालगन्जउद्योग वाणिज्य संघले यस क्षेत्रका निकासी एवं पैठारीका समस्याका बारेमा सरोकारवाला उद्योगी, व्यवसायीहरुसंग छलफल गरेको छ ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा यस क्षेत्रका निकासी एवम् पैठारी गर्ने प्रतिष्ठानका प्रबन्धक तथा प्रतिनिधिसँग निकासी एवम् पैठारी गर्दा उनीहरुले भोगेको समस्या माथि बृहत छलफल गरिएको छ । उनीको समस्यालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्फत समस्या समाधानका लागि पहल गर्ने योजनाका साथ छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालका उद्योगहरुबाट उत्पादित वस्तुहरु भारत तथा तेस्रो मुलुकमा निकास गर्दा उद्योग एवम् व्यवसायीहरुले भोगी रहेको समस्याहरु :

१) प्रशोधन भई सकेको वस्तुमा पुनः छुट पुर्जी माग गर्ने व्यवस्था अव्यवहारिक रहेकोले तत्काल यो व्यवस्था खारिज गर्नुपर्ने ।

२) भारतीय प्लान्ट क्वारेन्टाईनको सूचीमा जटामासी मार्क सूचिकृत नभएको हुनाले सोको निकास गर्न सकिदैन अतः उक्त जटामासी मार्कलाई भारतीय प्लान्ट क्वारेन्टाईनमा सूचिकृत गर्नुपर्ने ।


३) वन विभागबाट जारी हुने छुट पुर्जीको झन्झिटिलो प्रक्रियाले गर्दा सानो परिमाणका जडीबुटीहरु उद्योगहरु सम्म पठाउन गाह«ो हुने भएकोले उपलब्ध जडीबुटीहरुलाई स्वदेशी उद्योगहरुलाई विक्री गर्न नसक्ने भएको हुँदा स्वदेशी आयुर्वेदिक औषाधीको उत्पादन मंहगो हुन जान्छ । अतः छुट पुर्जीको झन्झिटिलो प्रक्रियालाई सहजीकरण गर्नुपर्ने ।

४) प्लान्ट क्वारेन्टाईन कार्यालयमा तेस्रो मुलुकमा निर्यात हुने कुनै पनि वस्तुलाई Fumigation गर्ने सुविधा दक्ष जनशक्तिबाट अविलम्ब उपलब्ध गराउनु पर्ने ।

५) नेपालमा उत्पादित खाद्य वस्तु जस्तै सूठो, बेसार, तेजपता, दालचिनी, अदुवा, इत्यादि भारत निकासी गर्दा नेपालको खाद्य प्रविधि प्रयोगशाला (खाद्य अनुसन्धान विभाग) बाट गुणस्तर प्रमाणितको प्रमाण–पत्रलाई भारत सरकारद्धारा मान्यता दिइएको भएता पनि नेपालको खाद्य प्रविधि प्रयोगशालाले नेपालका खाद्य वस्तुलाई प्रमाणित नगरिदिदाँ निकासी गर्न समस्या रहेको छ ।

६) उद्योगीद्धारा उत्पादित वस्तुलाई उद्योग विभागले प्रमाणित गरिदिदाँ उद्योगीले Export Incentive  पाउने तर कुनै वाणिज्य विभागमा दर्ता रहेका निकासीकर्ताले गर्ने निर्यातलाई उद्योग विभागबाट प्रमाणि नगरिदिदाँ निकासी कर्ताले Export Incentive नपाउने । तसर्थ वाणिज्य विभागमा दर्ता रहेका निकासीकर्ताले पनि यो सुविधा पाउने पर्ने ।

 

प्रकाशित मितिः     ६ चैत्र २०७७, शुक्रबार १६:४८  |
error: Content is protected !!