नेपालगन्ज १२ चैत : नेकपा एमाले बाँकेले दैनिक ठुला सभा एवं समारोह गरिरहेको छ ।
सर्बोच्च अदालतको निर्णयले पार्टी व्यूँतिएपछि जिल्लामा एमालेलाई क्रियाशिल बनाइएको संयोजक सुर्य ढकालले बताए ।
विहिवार नेपालगन्ज पार्टी कार्यालय परिसरमा लोकतान्त्रि मधेसी संगठनको भेला हुँदै छ । भेलाको पार्टीका स्थायी कमिटि सदस्य रघुवीर महासेठले गर्दै छन् ।
त्यस्तै राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको जिल्ला भेला शुक्रवार हुँदै छ । भेलाको सम्बोधन महासचिव इश्र्वर पोख्रेलले गर्ने कार्यक्रम भएको छ ।