मालवाहक सवारीसाधनले बढी भार बोक्न नपाउने, कुन सवारीले कति भार बोक्नुपर्छ ?


काठमाडौं – आगामी चैत १५ देखि सडकमा मालवाहक सवारी साधनहरुले तोकिएभन्दा बढी भार बोक्न नपाउने भएका छन् ।

यातायात व्यवस्था विभागले केही दिन पहिले नै यस सम्बन्धी सूचना जारी गर्दै यदि त्यस्तो गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामान झारिने बताएको छ ।

विभागले सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असरहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले जारी भएको ‘मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ कडा रुपमा लागू गर्न लागिएको बताएको छ ।


सो निर्देशिकामा मालवाहक सवारी साधनहरुले तोकिएको मापदण्ड बमोजिमको भार ओसारपसार गर्नुपर्ने व्यवस्था छ । विभागले मुख्य सडकहरुमा तौल पुल निर्माण गरी सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्य योजनाअनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिबासमा तौलपुल निर्माण भई सञ्चालनमा आइसकेको बताएको छ ।

सडकमै मालसामान झार्दा हुने सबै किसिमका परिस्थिति वा नोक्सानीको व्यवसायी स्वयम् जिम्मेवार हुने र नियमानुसारको जरिवाना गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन् ।

प्रकाशित मितिः     १२ चैत्र २०७७, बिहीबार १३:५४  |
error: Content is protected !!