कानुन पढ्दैमा आधा उमेर जान्छ, कहिले उद्योग खोल्नु ? – प्रधानमन्त्रीको चिन्ता


सफलताका ७० वर्षअघि नेपालको अवस्था के थियो ? अवश्य ठूलो परिवर्तन आएको छ र आज हामी नयाँ उद्देश्य, नयाँ संकल्प अठोटका साथ सम्पूर्ण क्षेत्रहरूबाट राष्ट्र निर्माणको अभियानमा जुटेका छौं ।

हामी जुन–जुन कार्य क्षेत्र, जुन–जुन पेसा व्यवसायमा रहे पनि राष्ट्र निर्माणको साझा अभियानमा जुटेका छौं । नेपाल चेम्बर कमर्स, जो नेपालको उद्योग वाणिज्य क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । साथै यसले उद्योग व्यवसाय क्षेत्र संगठित ढङ्गले अगाडि बढाउनुपर्छ भन्ने कुराको मार्गदर्शन गर्छ ।

सबैभन्दा पायोनियर संस्था, यस संस्थाको ७० औं साधारणसभाको अवसरमा सफलताका वर्षहरू पार गरेर, यहाँ आइपुगेकोमा बधाई तथा सभाको आगामी दिनहरू झन् सफल बनुन्, हार्दिक शुभकामना व्यक्त गर्छु ।

बितेका वर्षहरूमा चेम्बरको नेतृत्व लिएर राजेशकाजी श्रेष्ठले चेम्बरलाई पुनर्ताजकी गर्नुभयो, अत्यन्तै प्रशंसनीय छ । आगामी दिनमा अझ सफलता मिलोस् । साथै उहाँले जुन काममा हात हाल्नु हुन्छ त्यो काम सु–सम्पन्न हुन सकून्, देशलाई अझ बढी योगदान गर्न सक्नुहोस्, धेरै–धेरै सुवेक्षा पनि व्यक्त गर्छु ।

यस साधारणसभाबाट नयाँ नेतृत्व आइसकेको छ । नयाँ नेतृत्वलाई धेरै–धेरै शुभकामना छ । र, म नेपाल सरकारको तर्फबाट आगामी नेतृत्व मण्डल र सम्पूर्ण उद्योगीलाई सहयोग गर्न तयार छु ।

नेपालको उद्योग र वाणिज्य क्षेत्रलाई सफलतापूर्वक अगाडि बढाउनका लागि जे–जे गर्नुपर्छ सबै काम गर्न नेपाल सरकार तयार छ । किनभने देशको विकास, सामाजिक जीवनका विविध क्षेत्रहरू विकास हामी सबैको प्रयासबाट मात्रै सम्भव छ ।

नेपालको उद्योग र वाणिज्य क्षेत्रलाई सफलतापूर्वक अगाडि बढाउनका लागि जे–जे गर्नुपर्छ सबै काम गर्न नेपाल सरकार तयार छ । किनभने देशको विकास, सामाजिक जीवनका विविध क्षेत्रहरू विकास हामी सबैको प्रयासबाट मात्रै सम्भव छ । हामी अलिकति नयाँ, एडभान्स, विकसित दर्शन, एडभान्स आईओलोजी, एडभान्स प्लानिङका साथ देश विकासका काममा जुट्न खोजिरहेका छौं । अहिलेको सरकारले एउटा चिजको मात्रै अध्ययन गरेर, एक क्षेत्रको मात्रै विकासमा ध्यान दिएरहेको छैन ।

हाम्रो सभ्यता, इतिहास, संकृति, भूगोल, सम्भावना र हामीलाई चाहिएका आवश्यकताहरू र तिनको परिपूर्ति कसरी गर्ने रु भन्ने सम्बन्धमा हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं ।

म यसरी अगाडि बढेर हिँडेको छु, हाम्रो पछाडि लामो इतिहास, सभ्यताले, ऋषिमुनिहरू, चिन्तनहरूले अगाडि सारेका सोचहरू, जो अत्यन्तै वैज्ञानिक छन्, अकाट्य छन् । विज्ञान प्रविधिले लिएका उचाइहरू, जसलाई हामी इन्कार गर्न सक्दैनौं । तिनीहरूलाई समेत मिलाएर हामीले समृद्ध नेपाल सुखी नेपालीभित्र अनेक दार्शनिक पक्ष सामेल गरेका छौं ।

सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने आफ्नो आदर्श आफ्नो जीनव पद्धति, आफ्नो आचरण बनाएका युरोपका महान दार्शनिक सुत्राङ जसले सत्यका लागि बोलेका थिए । अत्यमा उनलाई मृत्युको घोषण गरियो । उनलाई एउटा मौका दिइयो, पालेहरू निदाए झैं गरिदिने । तिमी घोडा चढेर भाग्नु ।

‘सत्यका लागि कुरा गर्न सजिलो छ । तर, सत्य पूरा गर्न गाह्रो छ । तर, म सत्यका लागि लड्ने र सत्यताका लागि बोल्ने मान्छे हुँ, त्यसकारण म भाग्दिनँ, म सत्यका लागि लड्ने, सत्यको पुजारी हुँ, त्यस कारण निष्ठाका साथ सत्यका लागि लड्छु ।’
त्यसका अलवा शुकराजले त विष लिए । उनलाई विषको प्याला पिउन आदेश पाए,त्यो प्याला पिए । उनले मृत्युदण्ड कसरी दिने भनेर सिकाएका थिए । मृत्युदण्ड दिने तीनवटा तरिका छन् । मेरो शरीर मात्रै मार्ने हो भने झुन्डाएर मार्न सकिन्छ । विष दिएर पनि मार्न सकिन्छ, घोचेर मार्न सकिन्छ । तर, मलाई पूर्णरूपमा मार्न चाहने हो भने, यो न्यायाधीशको कुर्चीमा मलाई राखिदिनुपर्छ, जो असत्यको पक्षधर छ ।

म सत्यका लागि लड्ने र सत्यताका लागि बोल्ने मान्छे हुँ, त्यसकारण म भाग्दिनँ, म सत्यका लागि लड्ने, सत्यको पुजारी हुँ, त्यस कारण निष्ठाका साथ सत्यका लागि लड्छु ।’

यो कुर्चीमा लगेर मलाई राखी दिने हो भने म भौतिक रूपमा पनि मर्छु र इमानको हिसाबले पनि मर्छु । त्यसकारण म त्यो न्यायाधीशको कुर्ची बाहेकको मृत्युले पूर्णरूपमा मर्ने छैन ।

जब राजनीति शक्ति र सत्यबाट चिप्लिन्छ, राजनीतिले जब स्वार्थको वकालत गर्न थाल्छ र राज्यका हितहरू, सबै सुखी रहून् भन्ने मूल मन्त्रबाट विचलित हुन थाल्छ । तब देश ओरालो तिर लाग्छ अर्थात उभो लाग्दैन ।

यति सुन्दर, प्रकृति भएको देश अहिलेसम्म किन उभो लाग्न सकेन रु जब नेतृत्वकर्ता भनेका राजनीतिक दल वा राजा महाराजा हुन्, चाहे श्री ५ हुन् चाहे श्री ३ हुन्, जुनसुकै भए पनि ती शासक यदि सत्य, देश र जनताको सेवा, निःस्वार्थता, इमानको मार्गबाट जब बिचलित हुन्छ, हाम्रो पूर्वीय दर्शनको सत्य तथा इमानको कुरामा रहन राजनीतिज्ञलाई मात्रै होइन व्यापारीलाई पनि गाह्रो छ ।

सत्यको मार्ग हिँड्न सजिलो छैन । मेरो आग्रह छ, राजनीतिज्ञ र व्यापारीलगायत सबै इमानै रहौं । सबै इमानमा भयौं भने देश बन्छ । मैले त्यसै कारण भनेको हुँ, सरकारको उद्देश्य राष्ट्र निर्माण हो, देशलाई समृद्धि नेपाल बनाउने हो र जनतालाई सुखी बनाउने हो ।

हामीले अपनाएको विभिन्न अभ्यासमा कोही पनि पछाडि छोडिनु हुन्न । सबै अगाडि बढ्नुपर्छ । समृद्ध नेपाल सुखी नेपाली यो फिलोसफी, यो आईओलोजी, यी मूल्य र देशका निम्ति अघि सारेका छौं ।
व्यवसायीलाई लाग्ला राजनीतिको मान्छे व्यापारिक र धार्मिक कुरा गर्न थाल्यो ? देशको विकास, समुचित विकासको प्रतिफल समुचित तवरले बाँडफाँड गर्ने । विकास भयो भने भोकमरी, अभाव हुँदैन ।

हामीले त्यही बनाउन खोजेको होइन ? त्यसकारण यो उद्योग, व्यापार निर्यातलगायत हाम्रा उपभोग्य वस्तुसँग सम्बन्धित छ । त्यहीअनुसार अगाडि बढ्नुपर्छ भनेर हामी राष्ट्र निर्माणको सन्दर्भमा जुटेका छौं ।

पहिलो पटक प्रधानमन्त्री हुँदा अलिकति सुरु गरेको थिएँ, कहिले स्टेरिङ खोस्न खोजे, कहिले ब्रेकमा खुट्टा हालेर गाडी रोक्न खोेजे, राखियो दुइटा ड्राइभर, दुइटा पाइलट अनि छेउकाले पो स्टेरिङ चलाउन खोज्ने, एक्सिलेटर त दबाउनै दिँदैनन्, । अनि कसरी हुन्छ विकास रु

नेपाल र नेपालीसँग के क्षमता छ रु त्यो नै चिन्न सकिएको छैन । एउटा इतिहास छ, जर्मनी १६ टुक्रामा विभाजित थियो । त्यो जर्मनी कसरी एकीकरण गर्नेभन्दा भगवानको इच्छा । म आफ्नो काम गरिराछु त्यो सब भगवानको इच्छा ।


‘अहिलेको नेपाली जनताको जागरण जुन तहमा पुगेको छ, त्यस ठाउँबाट देश पछाडि फर्किनु हुन्न । जागरण यस्तो चिज हो, जब उनीहरूमा चेत जाग्छ । त्यसैको उपज हुनुहुन्छ पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ । उहाँको इच्छार१२ वटा उद्योगको मालिक बन्नु भयो, सकिँदो रहेछ ।’

त्यही भएर हामीले पहिले हाम्रो सम्भावनालाई चिन्नु पर्यो । नेपाल र नेपालीसँग के क्षमता छ ?  त्यो नै चिन्न सकिएको छैन । एउटा इतिहास छ, जर्मनी १६ टुक्रामा विभाजित थियो । त्यो जर्मनी कसरी एकीकरण गर्नेभन्दा भगवानको इच्छा । म आफ्नो काम गरिराछु त्यो सब भगवानको इच्छा । त्यसबेलाको दर्शन, सब कुक्ष भगवान । भगवानमा सम्पूर्ण रूपमा समर्पित थियो ।

त्यो समय एकजना प्रोफेसरले क्याम्पसमा पढाउँथे । पढाउँदा उनले विद्यार्थीलाई सोधे, तिमी के गर्ने हो रु जवाफ आयो, पढ्ने हो भेटे÷मिले जागिर खाने, नभए उसै बस्ने हो । अनि यो एकीकरण कसले गर्छ रु त्यो भगवानको इच्छा ।

नयाँ पिँढीका आफ्ना विद्यार्थी पनि केही गरौं भन्ने भावना छैन, भगवान भरोसामा छन् । ती प्राध्यापक एक दिन कागजको एउटा पुतली जस्तो मान्छे बनाएर चौबाटोमा लट्ठी पिटिरहे । विद्यार्थीहरूले सोधे– गुरु हजुर जस्तो मान्छेले हातमा लट्ठी बोकेर के तमासा गर्नु भएको रु दिमाग त ठीक छ रु उनले भने अलिकति त गएकै हो । किन कि म जर्मनी बर्बाद भएको हेरिरहन सक्दिनँ त्यसैले यसलाई टुक्राटुक्रा बनाएँ ।

यो तिमीहरूको भगवान यही हो, जसले देशमा जे भए पनि निरीह भएर हेरी बस्छ । त्यसैले यसलाई मारिदिएँ । तिमीहरूको भगवान मर्यो, अब कसले बचाउँछ रु एकजना विद्यार्थीले म बचाउँछु भनेर लागे, अरूले पनि म बचाउँछु भनेर लागे र जर्मन एकीकरण भयो ।

नयाँ पिँढीका आफ्ना विद्यार्थी पनि केही गरौं भन्ने भावना छैन, भगवान भरोसामा छन् । ती प्राध्यापक एक दिन कागजको एउटा पुतली जस्तो मान्छे बनाएर चौबाटोमा लट्ठी पिटिरहे । विद्यार्थीहरूले सोधे– गुरु हजुर जस्तो मान्छेले हातमा लट्ठी बोकेर के तमासा गर्नु भएको रु दिमाग त ठीक छ रु उनले भने अलिकति त गएकै हो ।

त्यसकारण जब सबै नागरिक एकजुट भएर अगाडि बढेमा १६ टुक्रा भएको जर्मनीलाई एकीकरण गरेर एकै ठाउँमा ल्याउन सकिने रहेछ । विकसित बनाउनका लागि भगवान भरोसा गरेर हुँदैन आफूले नै गर्नुपर्छ ।

हामी गर्न सक्छौं । हामीले नगरे कसले गर्छ रु कसले देश बनाउँछभन्दा म बनाउँछु भन्न सक्नुपर्छ । हामी हरेकमा हुनुपर्छ त्यो भावना । हामी फरक–फरक काम गर्न सक्छौं । सबैले आ–आफ्नो ठाउँबाट काम गरेर देशलाई माथि उठाउँछौं । उठाउनुपर्छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण, हिमाल, पहाड, तराईका कुना–कुनाबाट देशलाई माथि उठाउनुपर्छ ।

हामी अहिले प्रक्रियाको जालझेलमा फसेका छौं । हामी छिटो अगाडि बढ्ने हो भने प्रक्रिया सरलीकृरण गर्नतर्फ लाग्नुपर्छ । नत्र उद्योगको नीति नियम पढ्दा–पढ्दै र प्लानिङ गर्दैमा आधा उमेर जान्छ । त्यसकारण सरलीकृत र सरल ढङ्गले अगाडि बढ्न हामीले वान स्टप सेन्टर ९एकद्वार प्रणाली० ल्याएको छौं ।

धेरै बिग्रिएको कुरालाई सरकारले ट्रयाकमा ल्याउन केही समय त लाग्छ । तर, हामीले जुन ट्रयाक समातेका छौं, त्यसले गति लिएको छ । अहिले म उद्योग वाणिज्यका समस्या र आवश्यकता तिर गइनँ । किनभने, राजेशकाजी श्रष्ठले चेम्बर अफ कमर्सको मागका बारेमा जानकारी गराइ सक्नुभएको छ । मैले त्यसबारे बुझेको छु । म एक्सनमा जाने तयारी गरेको छु ।

हामी अहिले प्रक्रियाको जालझेलमा फसेका छौं । हामी छिटो अगाडि बढ्ने हो भने प्रक्रिया सरलीकृरण गर्नतर्फ लाग्नुपर्छ । नत्र उद्योगको नीति नियम पढ्दा–पढ्दै र प्लानिङ गर्दैमा आधा उमेर जान्छ । त्यसकारण सरलीकृत र सरल ढङ्गले अगाडि बढ्न हामीले वान स्टप सेन्टर ९एकद्वार प्रणाली० ल्याएको छौं । तर, पूर्णरूपमा कार्यान्वयमा आइसकेको छैन ।

त्यसलाई कार्यान्वयनमा ल्याएर प्रक्रियागत झन्झटिलोबाट सरलीकरण गरेर परिवर्तन गर्छौं । अर्को ब्युरोक्रेटिक हडल्स पनि मुख्य समस्याका रूपमा देखा परेको छ । यसलाई पनि सरलीकृत गर्न प्रक्रियालाई पनि सुधार्नु पर्ने छ । व्यक्तिलाई मात्रै दोष दिएर हुन्न ।

उद्योगीले आफ्ना साथीलाई प्रेरित गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हाम्रो मुख्य उद्देश्य हो । प्रत्यक्ष रूपमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिँदैन भने परोक्ष रूपमा साइन्स एण्ड टेक्नोलोजी प्रयोग गरेर त्यसलाई अगाडि बढाउनुपर्छ । हामी आफैंले हाम्रा साधनलाई प्रयोग गरेर अगाडि बढ्नुपर्छ । हाम्रा आर्थिक पक्षलाई हामीले विकास गरेको प्रविधिले पुग्दैन भने, त्यो प्रविधि परिवर्तन वा नयाँ भित्र्याउन पनि सक्छौं ।

अत्यावश्यक बाहेक उपभोग्य वस्तु हामीले आयात गर्ने होइन । बरु उत्पादन वृद्धि गरी निर्यात गर्नुपर्छ । अनावश्यक वस्तुको आयात कम र निर्यात बढाएपछि हाम्रो व्यापार असन्तुलन घट्छ । आफ्ना लागि उपभोग्य वस्तु उत्पादन गरे मात्रै पनि व्यापार घाटा सन्तुलन हुन्छ । व्यापार घाटा सन्तुलन आएपछि वैदेशिक मुद्रा बचत हुन्छ ।

विश्वको महामारीलाई हामीले नियन्त्रण त गर्दैछौं । तर, दोस्रो रूप फेरि आएको र छिमेकी देश भारतबाट नुन, तेल, चिनीलगायत सामान ल्याउनुपर्ने भएकाले जोखिम बढ्छ ।

यसको अर्थ, हाम्रो मूल्यवृद्धिमा सकारात्मक परिवर्तन आउँछ । राज्यको आवश्यकताअनुसार उद्योग स्थापना गर्ने, जसले बढीभन्दा बढी उत्पादन गरेर आयातलाई विस्थापन गर्न सकोस् । यसरी हामीले लगानी गर्न सक्यौं भने आर्थिक रूपमा देश सम्पन्न बन्छ ।

उद्योग र व्यापारको क्षेत्रबाट हामीले देशलाई अगाडि बढाउन सक्छौं । अलिकति सन्तोष गर्नुपर्ने कुरा कोभिड महामारीको समयमा पनि अरूको जस्तो अर्थतन्त्रमा हामीलाई धक्का पर्न सकेन । तर, पर्यटन क्षेत्र, होटल व्यवसाय पनि घाटामा नगएको त होइन । यद्यपि अरू देशको तुलनामा कम हो ।

विश्वको महामारीलाई हामीले नियन्त्रण त गर्दैछौं । तर, दोस्रो रूप फेरि आएको र छिमेकी देश भारतबाट नुन, तेल, चिनीलगायत सामान ल्याउनुपर्ने भएकाले जोखिम बढ्छ ।

हाम्रो जन–जीवनलाई ठप्प पनि नपारौं, यदि दोस्रो लहर आएमा अहिलेदेखि हामी सावधान हुनुपर्छ । दूरी कायम गर्ने, मास्क लगाउने गर्नुपर्छ ।

(नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको मन्तव्यको सार)

प्रकाशित मितिः     २८ चैत्र २०७७, शनिबार १२:१३  |
error: Content is protected !!