लायन्स गाभर पार्कमा शौचालय निर्माण


 

पर्यापर्यटकीय क्षेत्र गाभर भ्यालीको लायन्स गाभर पार्कमा युनेस्को क्लब नेपालगञ्जले सार्वजनिक सौचालय निर्माण गरी एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

गन्तब्य गाभरलाई स्थापीत गर्न युनेस्को क्लबले ६ लाख ५९ हजार ६ सय ८ रुपैया ६८ रुपैयाको लागतमा सौचालय निर्माण गर्न सहयोग गरेको हो । पार्कमा सरसफाई प्रवद्र्धनका लागि शौचालय तथा धारा कतार च्यारिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा युनेस्को क्लबले निर्माण गर्न सहयोग गरेको हो ।

युनेस्को क्लबका उपाध्यक्ष पंचम गुरुङ तथा क्लबका संरक्षक प्रवेज अली सिद्धिकीले संयुक्तरुपमा बैजनाथ गाउँपालिका वडा सदस्य कालिकोईला बुढाको रोहवरमा पार्कको अध्यक्ष युवराज शाहलाई शौचालय हस्तान्तरण गरिएको हो ।


लायन्स गाभर पार्क २० विघा क्षेत्रफलमा फैलिएको छ । यस पार्क लायन्स क्लब अफ नेपालगञ्ज डिष्ट्रिक ३२५ वि टुको सहकार्यमा स्थापना गरिएको हो ।

प्रकाशित मितिः     ३ बैशाख २०७८, शुक्रबार २०:१५  |
error: Content is protected !!