कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संक्षिप्त राजनीतिक जीवनी


मिलिसयादेखि जनमुक्ति सेनाको डिभिजन कमाण्डरसम्मको भूमिका निर्वाह गर्ने एक कमाण्डर हुन, महेन्द्रबहादुर शाही उर्फ प्रज्ज्वल । शाहीले संविधानसभा सदस्य, उर्जामन्त्री, महाअभियोगको प्रस्तावक हुँदै मुख्यमन्त्रीको यात्रा तय गरेका हुन ।

नेपालमा टुहुरो हुनु भनेको भविष्यका सुन्दर बाटाहरु बन्द हुनु जस्तै हो । उज्यालो विहानीमा ग्रहण लाग्नु हो । उनले पनि दुई वर्षको कलिलो नावालक उमेरमै पिता गुमाउनु पर्‍यो । एउटा परिवारको मूलधुरी भाँचिए पनि आमाले हजार कष्टलाई छोराको उन्नती र प्रगतिसँग जोडेर घर सम्हाले । त्यही विकटता र दुर्गमले विभुषित कर्णालीको समृद्धिको सपना देखिरहेका छन् अहिले शाहीले ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जन्म कर्णाली प्रदेशको कालिकोट जिल्ला पचालझरना गाउँपालिका ९साविकको नानीकोट गाबिस वडा नम्बर ८० मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौडा शाहीको दोस्रो सन्तानका रुपमा भएको हो । पञ्च भएपनि अन्याय अत्याचारको विरुद्धमै लड्ने र अन्याय र अत्याचारमा परेकाहरुलाई सेवा गर्ने बुवाको स्वभावले शाहीको जीवनमा पनि प्रभाव पार्‍यो । जीवनकालभरी जनताको पक्षमा बोलेका कारण बुवाको मृत्यु पछि मुख्यमन्त्री शाही र उहाँकी आमाले पनि धेरै दुःख पाउनुपर्‍यो । गाउ“का केही ठूलाहरुले अन्य गरीब, निमुखालाई गर्ने व्यववहार र अन्यायले गर्दा उहाँमा सानै देखि विद्रोही भावना उत्पन्न भयो ।
मुख्यमन्त्री शाही अध्ययनरत विद्यालयका शिक्षकहरुको सल्लाहअनुसार मुख्यमन्त्री शाहीले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी ९एकताकेन्द्र०को सदस्यता लिए । पार्टी सदस्यता लिएपछि अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाल्नुभयो । त्यसपछि २०५२ सालबाटै तत्कालीन माओवादीले जनयुद्ध संचालन गर्‍यो । त्यसपछि उहाँ जनयुद्धमा होमिए । उनले जनयुद्धमा पार्टी संगठन र छापामार पार्टीमा समानान्तर भूमिका निर्वाह गरे ।

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखिनै पार्टी र सेनामा समानान्तर भूमिका गरेका शाहीले कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे ।
सुरुमा वार्ड कमाण्डर, स्क्वाइड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चालाई रोजे । सेना समायोजन पछि मूलधारको राजनीतिमा आउनुभएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालिकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिए । जिल्लामा संगठन मजबुत बनाएकै कारण संविधानसभाको दोस्रो निर्वाचनमा पनि उनी बिजयी भए ।

मुख्यमन्त्री शाही दोस्रो संविधानसभामा संसदको गरीमा रक्षा र संविधानसभाबाट संविधान निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा जम्मा ८३ दिन उर्जामन्त्री भए । त्यो उर्जामन्त्रीको ८३ दिने यात्रालाई शाहीले उज्यालो नेपाल अभियानको निरन्तरता, कर्णालीलाई विद्युतको केन्द्रीय प्रसारण लाइनसँग जोड्ने देखि ग्राहकहरुलाई विद्युत भुक्तानीमा ईसेवाको प्रारम्भजस्ता महत्वपूर्ण काम गरे । जनमुक्ति सेनाको कमाण्डर, संविधानसभाको सदस्यको भूमिका, भ्रष्टाचार विरुद्धको लडाइँ, उर्जामन्त्रीको दायित्व सवैलाई मूल्याकंन गर्दै कालिकोट ख बाट अत्यधिक र लोकप्रिय मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भए । माघ २५ गते सम्पन्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले दल नेतामा सर्वसम्मतले निर्वाचित भएका शाही बामगठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्री भए ।

मुख्यमन्त्रीको सचिवालयमा उल्लेखित जिवनीको संपादित अंश

प्रकाशित मितिः     ३ बैशाख २०७८, शुक्रबार १९:५९  |