कर्णालीमा मन्त्रीपरिषद पुर्नगठन : फ्लोर क्रस गर्ने माधव नेपाल समूहका सांसदलाई मन्त्री पद


नेपालगन्ज ४ बैशाख :  फ्लोर क्रस गरेर कर्णालीमा महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउने नेकपा एमाले माधव नेपाल समूह निकट सांसदलाई मन्त्री बनाइएको छ । शनिवार मुख्यमन्त्री शाहीले मन्त्रीपरिषद पुर्नगठन गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको वैठकले संसदमा माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको छ । पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको अध्यक्ष गोरख वोगटीले बताए ।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निश्कासन गरिएको हो । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ ।

मुख्यमन्त्रीको सचिवालय फेसबुक नोट यस्तो छ,-

 

प्रकाशित मितिः     ४ बैशाख २०७८, शनिबार २०:५४  |