बढ्यो हवाई भाडा, कहाँको कति ?


हालै भएको हवाई इन्धनको मूल्य वृद्धिसँगै आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन्।
निजी वायुसेवा प्रदायक कम्पनीको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि लागू हुने गरि आन्तरिक हवाई भाडामा न्यूनतम १० रूपैयँदेखि अधिकतम ८५ रूपैयाँसम्म वृद्धि गरेको हो ।

आन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपछि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनले जनाएको छ।

योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ ।

निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो।

प्रकाशित मितिः     ७ बैशाख २०७८, मंगलवार १८:३२  |