लुम्बिनी प्रदेश सरकारद्धारा भेरी अस्पतालमा १ सय ५२ जना दरबन्दी स्वीकृत गर्ने निर्णय


नेपालगन्ज :  लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले पुन:  नियुक्ति पाएसँगै आइतबार राति बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले कोरोना कोषमा १० करोड रुपैयाँ थप्ने निर्णय गरेको हो ।

बैठकले लुम्बिनी प्रदेशमा ५ सय ८३ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । जसअन्तर्गत भीम अस्पताल भैरहवाका लागि ७१, कोरोना विशेष अस्पताल बुटवलका लागि १८९, बेलझुण्डी कोरोना अस्पताल दाङका लागि १७१ र भेरी अस्पताल बाँकेका लागि १ सय ५२ जनाको दरबन्दी स्वीकृत गरेको हो ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्तोष पाण्डे र बिजयबहादुर यादव पुनः मन्त्री भएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बाँकेका बिजय बहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।
पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मितिः     १९ बैशाख २०७८, आईतवार २१:३४  |