जनार्दन शर्माको पहलमा रुकुम जिल्ला अस्पतालमा यसरी अक्सिजन प्लान्ट जडान हुँदै


नेपालगन्ज । कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको छ । संक्रमितहरु लाई अक्सिजनको सम‍ेत अभाव हुन थालेको छ ।

कोरोना संक्रमितको उपचारका लागि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रुकुम पश्चिमका संघिय सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्ला अस्पताल रुकुम (पश्चिम) मा २९ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ ।

उपलव्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिन आफु लागिरहेको र चाँडै थप सिलिन्डर जोहो गर्ने शर्माले जानकारी दिनुभयो ।

यसैबिच शर्माकै पहलमा रुकुम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुँदैछ । अक्सिजन प्लान्ट जडान गर्न प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमताको मेसिन अस्पतालमा लगिएको छ ।


बायोमेडिकल इन्जिनियर सौभर सिजापतीका अनुसार पाइप लाइनको काम बाँकी छ, केही दिनमै मुख्य लाइनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइप जडानको काम हुने छ ।

लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन प्लान्टको माग बढेको हो । जिल्ला समन्वय समितिले अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि अक्सिजन प्लान्ट जडान गर्न पहल थालेको छ ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माका अनुसार सबै स्थानीय तहमा कम्तीमा २० वटा आइसोलेसन बेड तयार गर्ने योजना छ । चौरजहारी अस्पतालमा १ सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय भएको छ ।

हरेक स्थानीय तहले कम्तीमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्टेटर तत्काल व्यवस्था गर्ने गरी आवश्यक समन्वयको काम भएको शर्माले बताउनुभयो ।

प्रकाशित मितिः     २० बैशाख २०७८, सोमबार १३:४३  |
error: Content is protected !!