अनलाइन पत्रकार संघ बाँकेको साताव्यापी रक्तदान कार्यक्रम


नेपालगन्ज :  कोरोना संक्रमणको दोस्रो लहरले बाँकेमा रगत अभाव भएको खबर संगै अनलाइन पत्रकार संघ बाँकेले सप्ताहब्यापी रक्तदान कार्यक्रमको सुरुवात गरेको छ ।

कोरोना संक्रमणको पिक समय भएकाले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बृहत् तरिकाले रक्तदान कार्यक्रम नगरी साताब्यापी रक्तदान कार्यक्रमको सुरुवात गरिएको हो।

कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खबर बाहिरिए संगै साताब्यापी रक्तदान कार्यक्रम बुधवारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी दिए ।

उनले संकलित रगत कोरोना संक्रमित विरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य विरामीलाई समेत दिन सकिने बताए । रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

बुधबारबाट सुरु गरिएको साताब्यापी रक्तदान अभियानमा सबैको साथ र सहयोगको खाचो भएकोले आफ्नो उपयुक्त समयमा ब्लड बैंक नेपालगन्जमा गएर रक्तदान गर्न सबैमा अपिल समेत गरिएको छ ।

 

प्रकाशित मितिः     ५ जेष्ठ २०७८, बुधबार १४:१६  |