हेमन्तराज काफ्लेलाई कन्जरभेसन अवार्ड २०२१ प्रदान


नेपालगन्ज : विश्व वन्यजन्तु कोषनेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने अब्राहम कन्जरभेसन अवार्ड २०२१ पचास हजार नगद रासी सहित नेपालगन्ज -१९ का हरित अभियानता हेमन्त राज काफलेले पाएका छन् ।

बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने । आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने गर्छ्न ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे , कर्ण साक्य , बरिस्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम , जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिइसकेका छन् । उनले रुख प्रती उहाँ हरुको माया बढोस भनेर दिएका हो भन्छ्न र नयाँ कोहि लाई भेटे बिरुवा उपहार दिन्छ्न। उनले देशका नाम चलेका ब्यक्तिदेखि सामान्य किसान सम्म बिरुवा उपहार दिएका छ्न ।

नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेत छन् । उनले सरकारी कार्यलयहरुमा आफै गैइ बिरुवा लगाउछ्न जिल्ला मा जो कोहि नया सिडियो आओस बिरुवाले स्वागत गर्छ्न।उनले बन्जर जमिन मा बिरुवा लगाउनु पर्छ भनेर किसानलाई प्रेरणा दिन्छ्न र कुन बिरुवा लगाउने भनेर सल्लाह पनि दिन्छ्न।

उनले उपहार दिएका विरुवा हुर्केर ठूला भइसकेका छन् र आफै फ्लो पनि गर्छ्न कत्रो भए भनेर । उनले विरुवा उपहार दिएर नेपालगन्जलाई हरियाली बनाउने अभियान मात्र थालेका छैनन् । उनले घर आगन र करेसाबारीमा रुख रोप्नु पर्छ भन्ने चेतना पनि जगाएका छन् । उनी भन्छन्, ‘मैले विरुवा उपहार दिएर रुख रोप्ने प्रेरणा मात्र दिएको छैन, रुख रोपेपछि बातावरण सफा हुन्छ भन्ने सन्देश पनि दिएको छु । मेरो प्रेरणाले नेपालगन्ज लगायत देशका अन्य सहरमा ६० हजार विरुवा रोपिएको छन ।


उनले जन्मदिन, बैबाहिक बर्षगाँठ, ब्रतबन्ध र विभिन्न चाडपर्वको अवसर पारेर निम, जामुन सितलचिनी, कोइराल, अगस्त र कागतीका बिरुवा उपहार दिन्छन् । ‘पहिलो चरणमा विरुवा किनेर उपहार दिन्थे । अहिले आफ्नै करेसाबारी वा नर्सरी नि छ सुबन नर्सरी पुर्ब रेन्जर बुद्दिबल श्रेष्ठ सङ्ग मिलेर खोलेका छ्न विरुवा उत्पादन गरि वितरण गर्छु,’ उनले भने ।

जिल्ला बन कार्यालय, जिल्ला बनस्पती कार्यालय सँग समन्वय गरेर उनले विरुवा ल्याउँछन् । तर, त्यतिले नपुग्ने भएपछि उनले आफ्नै घरमा सितलचिनी, निम, कोइराल लगायतका विरुवा उत्पादन गर्न थालेका छन् । शिक्षण पेशामा संलग्न उनी फुर्सदको समयमा विरुवा उत्पादन गर्छन् । ‘विरुवा उपहार दिन पाउँदा मलाई स्वर्गिय अनुभूति हुन्छ,’ उनले भने, ‘हरेक दिनजसो विरुवा उपहार दिएकै हुन्छु ।’

उनले उपहार दिने विरुवाले वातावरण संरक्षणमा टेवामात्र दिँदैनन् रोग निवारणका लागि समेत उपयोगी छन् । उनले सितलचिनीको रुखको पात, जरा, बोक्रा, फलले तीन सय वटा रोगमा काम लाग्ने बताए । ‘मैले दिने विरुवा बहुउपयोगी छन्,’ उनले भने ।
उनले समरस्ता इन्टरनेश्नल अवार्ड, भारत , ग्रिन युथ अवार्ड कायुन्सिल अफ पिस युक्रेन ।

त्यसैगरि, बनपैदवार को रास्ट्रय सम्मेलन मा बन मन्त्री बिक्रम पाण्डे बाट हरित अभियन्ता राष्ट्रिय सम्मान र बास ब्राइट्ल्याण्ड अवार्डबाट पनि सम्मानित भइसकेका छन् । ‘हरित अभियानमा लागेकै कारण मैले विभिन्न सम्मान र पुरस्कार पाएको छु भन्छन

जन्म, विवाह, ब्रतवन्ध र बैवाहिक बर्षगाँठको अवसरमा विरुवा उपहार दिँदा उनलाई रुख बाड्ने पागलको संज्ञा पनि दिइन्थ्यो तर, उनले हिम्मत हारेनन् । अहिले उनको परिचय फेरिएको छ । उनी अहिले मोरिङ्गा बाबा उपनामले चिनिन्छ धेरैले हरित अभियन्ता र मोरिङ्गा बाबा भनेर चिन्दछन् ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७८, बुधबार १८:२४  |
error: Content is protected !!