कोरोना महामारीको समयमा जनताको जिउज्यानको सुरक्षा गर्ने पहिलो काम सरकारको हो । सकेन भने सहयोगका लागी निजी क्षेत्रलाई आह्वान गरोस् निजी क्षेत्र सकेको सहयोग गर्न तयार छ हिजो गरेको पनि हो भोली पनि गर्ने छ । यो कोरोना महामारीमा नेपालगन्ज उद्योग बाणिज्य संघलाई कस्ले सहयोग माग्यो र सहयोग पाएन ? भन्नु पर्यो ? आवश्यकता के हो ?
कोरोनाको पहिलो लहर आउँदा हामीले प्रशासनसंग समन्वय गरेर अति आवश्यक सामान बिक्री गर्ने सबै उद्योगी ब्यवसायीलाई आफै दिनभर ड्यूटी दियर पास बितरण गरेकै हो । सस्तो घुम्ती सेवा पनि संचालन गरेको हो त्यस्तै सोही समयमा भेरी हस्पिटललाई गरेको सहयोगबाट अहिले पनि बिरामीहरूले लाभ लिइरहेकै अवस्था छ ।
त्यस समयमा कोभिड वार्डका लागी नेपालगन्ज उद्योग बाणिज्य संघले अक्सिजन पाइप सहयोग दिएको थियो । सो समयमा पी.पी.इ, मास्क, सेनिटाइजर ग्लोब्सहरू स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रंटलाइनमा बस्नेलाई कति सहयोग भयो भन्ने कुरा सम्बन्धित ठाऊँमा वा हाम्रो कार्यालयमा आएर बुझ्न सकिन्छ । अस्ति भर्खर बाँकेको नरैनापुरमा आगलागी पीडितलाई तेत्रो खाद्यान्न सहयोग गरियो सकेको गर्ने नै हो गर्नु पर्छ । यी सबै सहयोगमा यहाँका उद्योगी ब्यवसायीहरूको साथ र सहयोग छ ।
साथीहरु प्रश्नहरू गर्न सजिलो छ कतिले आइसोलेसन सेन्टर बनाउने कुरा गर्नु हुन्छ । के आइसुलेसन बनाएर मात्र हुन्छ सो का लागी चिकित्सक सहितको स्वास्थ्यकर्मी हुनुपर्दैन ? नेपाल सरकारलाई त स्वास्थ्यकर्मी अपूग भैरहेको समयमा हामी ब्यबस्थापन गर्न सम्भव छ ? उद्योग बाणिज्य संघले आफु संग भएको साधन श्रोतलाई प्रयोग गरेर के गर्न सक्छौ त्यो कुरामा आउनु पर्छ । हामी संग भएको एम्बुलेन्सले सक्नेलाई सशुल्क र नसक्नेलाई निःशुल्क सेवा दिइनै रहेको छ । तपाई जति बेला कल गर्नुस एम्बुलेन्सले सेवा दिएकै छ । हाल कुनै दिन एम्बुलेन्स खाली बसेको छैन कसै न कसैलाई सेवा दिइरहेको नै छ । दिएको छैन भन्ने कोही हुनुहुन्छ भने भन्नुस् सजायको भागीदार हुन हामी तयार हुनुपर्छ ।
यत्तिको साधन श्रोत भएको सरकार त यस्तो अबस्थामा छ भने निजी क्षेत्रको छाता संगठनले के गर्न सक्ला ? के उद्योग बाणिज्य संघ सरकारी, अर्ध सरकारी निकाय हो र ? कुनै सरकारले अहिलेसम्म बजेट दिएको रेकर्ड छ हामीलाई ? उद्योग बाणिज्य संघ भनेको दबावमूलक संस्था हो हामीले दबाव दिने । हो, अहिलेको मुख्य आवश्यकता भनेको संक्रमितको उपचार गर्ने हो सो का लागी आवश्यक पूर्वाधार तयार गर्न सरकारलाई दबाव दिने हो र सरकारले नसक्ने भए हातेमालो गर्ने हो हामीले गर्न सक्ने यही नै हो ।
हामीलाई लाग्छ, गरिरहेकै छौं । दोश्रो आबश्यकता भनेको सबै नागरिकलाई कोरोना बिरुद्धको भ्याक्सिन चाँडो भन्दा चाँडो सशुल्क या निःशुल्क लगाउने ब्यवस्थाका गरिदिनका लागी सरकारलाई संस्थागत रुपमा दबाव दिने हो । यस बारेमा हामीले संस्थागत निर्णय गरेका छांै । यसमा तपाई हामी सबै लागौ दबाव दिउँ राजनीति नगरांै, जसले जहाँबाट जून च्यानल प्रयोग गरेर दबाब दिन सकिन्छ दबाव दिउँ । भ्याक्सिनलाई दोस्रो महत्वपूर्ण मुद्दा बनाऊँ किनकी कोरोनाको अहिलेसम्म अरु औषधी छैन । अब जनजीबन सामान्य गर्ने अस्त्र भनेको भ्याक्सिन नै हो ।
बिरामी भएका उद्योगी ब्यवसायीहरुलाई सहजता प्रदान गर्ने नियमित सम्पर्क गर्ने हौसला दिने कामहरु उद्योग बाणिज्य संघका अध्यक्ष, पदाधिकारी लगायत कार्यसमिति सदस्यहरूले गरेकै छांै । कतिपय बिरामी हुने उद्योगी ब्यबसायीहरुलाई हामी आफंै गाडीमा हालेर हस्पिटलसम्म लगि बेडको ब्यवस्थापन गर्ने लगायतका कामहरु भैरहेकै छन ।
कतिपय यस्ता कामहरू छन् की हामी स्वयम भौतिक रूपमा उपस्थित हुनुपर्छ भन्ने पनि त छैन । घरमै बसेर फोन मार्फत धेरै कुराहरूको ब्यबस्थापन गर्न सकिन्छ र गरेका तमाम उदाहरणहरू पनि छन् । त्यो कुरा सेवा लिने साथीभाई तथा बिरामीहरुले भन्नु हुनेछ । त्यति मात्र नभएर कुनै बिरामीको निधन भएपश्चात शव राप्ती लैजाने सम्मकामहरू गरेका छौं । यति भन्दै गर्दा हाम्रो एउटा कमजोरी रह्यो यो सबै गर्दा सेल्फी लिएर फेसबुकमा अपलोड गरेनौं । किनकी फोटो खिंच्नेमा हाम्रो ध्यान गएन । हो यो हाम्रो कमजोरी हो ? अहिलेका फेसबुके साथीहरुले त्यही नै खोजेको हो त ?
अझै अहिले केही ब्यवसायीले कालाबजारी गरेका समाचार पनि आएका छन् । त्यो कदापि हुनु हुँदैन । त्यस्ता व्यवसायीलाई हाम्रो साथ सहयोग हुँदैन ।
त्यसकारण साथीहरु मैले भर्खरको हाम्रो कार्यसमिति बैठक बस्नु अघि यो बिषम परिस्थितिमा उद्योग बाणिज्य संघले के गर्दा ठीक होला भनेर सुझाव समेत मागेको थिएँ । आएका सुझाबमा छलफल समेत गरियो । अहिले पूरै आत्तिहाल्नु पर्ने अवस्था छैन बाँकेमा भएका दुई वटा कोभिड अस्पतालले बिरामीहरूको उपचार सकेजति गरिरहेको अवस्था छ । हस्पिटलमा बेड नपाएर फर्केका घटना हाम्रो यहाँ देखिंदैन । तसर्थ तेस्रो लहरका कुरा पनि आइरहेका छन् सोका लागी के तयारी गर्न सकिन्छ भन्ने बिषयमा डाक्टरहरूको टीमसंग छलफलहरू चलाइरहेका छौ ।
अब भेरी हस्पिटलमा बेड संख्या बृद्धि गर्दा हाम्रो उपस्थिति देखाउने कोशिश हुनेछन । सरकारसंग पर्याप्त साधन श्रोत भएको समयमा हामी जान्ने बनेर सस्तो लोकप्रियताको निम्ति यो गर्छांै त्यो गर्छौं भन्ने कुरा ठीक होइन । राज्यले हाम्रो उपस्थिति कहाँनेर आवश्यक ठन्छ सो का लागी हामी तयार भएर बस्नु पर्छ र बसेका पनि छांै ।
नेपाल उद्योग बाणिज्य महासंघले गरेका बिभिन्न जूम मीटिंगमा नेपाल सरकारका क्याबिनेट मन्त्रीसंग छलफल गर्दा बाँकेको अबस्था र तत्काल गर्नुपर्ने कामको विषयमा अध्यक्षज्युले प्रस्ट संग राख्ने कामहरू भएका छन् । संगसंगै सबै तर्फबाट दबाव जाँदा भेरी हस्पिटलका लागी बिभिन्न समयमा बजेटहरू आएको कुरा सर्वविदितै छ । अहिले हस्पिटलमा बजेटको अभाब देखिदैन । फेसबुकमा उद्योग बाणिज्य संघले केही गरेन भन्नु भन्दा पनि सकिने खालका काम यो गर्दा ठीक हुन्छ भन्ने सुझाब दिंदा राम्रो हुन्थ्यो ।
संस्था तपाई हामी सबैको हो । तपाईको पनि जिम्मेवारी छ संस्थाको हितमा बोल्ने र लेख्ने । सकारात्मक साेंचका साथ आएका सुझावलाई हामी शिरोधार्य गर्छौ । सहयोगका नाममा बाहिर निस्कने गर्दा संक्रमितसंग नजिक भइ संक्रमण बढ़ने र कति अग्रज, साथीभाईहरू कोरोना संक्रमित भएका घटनाहरू हामीले देखिरहेका छांै । पहिले तपाई हामी सुरक्षित हुनुपर्छ । यो समयमा ब्यवसाय संचालनका नाममा अनावश्यक भीड़भाड़ गर्ने बजार निस्कँने काम ठीक होइन । पहिले आफु बच्नु पर्छ कोरोना नियन्त्रण पछि पैसा कमाउँला । यो समय बच्ने र बचाउने हो । अझै अहिले केही ब्यवसायीले कालाबजारी गरेका समाचार पनि आएका छन् । त्यो कदापि हुनुहँुदैन । त्यस्ता व्यवसायीलाई हाम्रो साथ सहयोग हँुदैन ।
अन्तमा यो कोरोना कहरको समयमा नेपालगन्ज उद्योग बाणिज्य संघको बिरोध गरेर कोरोना महामारी नियन्त्रण हँुदैन । त्यसका लागी उत्कृष्ट सुझाव चाहिन्छ । रचनात्मकता सुझाबको अपेक्षा सहित तपाई हामी लड़्ने होइन तपाई हामी मिली कोरोना बिरुद्ध लड्ने हो । कोरोनालाई परास्त गर्ने हो र अहिले संक्रमण भई उपचार गरिरहनु भएका सबै उद्योगी ब्यवसायी लगायत बाँकेबासीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । (ओली नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन्)