स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्म कारवाही गर्न बाँकेका सिडीओलाई उप्रधानमन्त्रीको निर्देशन


नेपालगन्ज :  उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मी कुट्ने माथि हदैसम्म कारवाही गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई निर्देशन दिनुभएको छ ।

बिहिवार राती कोभिडका बिरामीको मृत्युपछि मृतकका आफन्तले अस्पतालका स्वास्थ्यकर्मी माथि कुटपीट गरेका थिए ।

सोही विषयलाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका बेला उपप्रधानमन्त्री पोखरेलले शुक्रवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीलाई हदैसम्म कारवाही गर्न निर्देशन दिनुभएको उप्रधानमन्त्री प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी
दिनुभयो ।


सल्लाहकार पाण्डेका अनुसार, महामारीको बेला जनताको जीवनरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिनुभयो ।

 

 

प्रकाशित मितिः     १४ जेष्ठ २०७८, शुक्रबार १४:०६  |
error: Content is protected !!