भेरी अस्पतालमा भएको के थियो ? यस्तो छ अस्पतालको भनाई


गए राति अस्पतालको कोभिड वार्डको ब्लक A मा स्वास्थ्यकर्मीहरूमाथि भएको दुर्व्यवहार र सो आतंकसँग सम्बन्धित परिघटनाहरू –
५२ वर्षिय पुरुष/ दाङ लाई अस्पतालको कोभिड वार्डमा २०७८ जेठ ४ गते भर्ना गरिएको ।
दाङबाट प्रेषण भइ ल्याइनुभएको वहाँलाई सुरुका केहि दिन फेस मास्क, त्यसमा सेचुरेसन पर्याप्त नभएपछि Oxygen mask with reservoir bag, र त्यसपछि CPAP (Bain Circuit) मा राखि कोभिड वार्डको Block B मा उपचार गरिएको ।
CPAP मा रहँदा पनि सेचुरेसन अस्थिर रहेकोले सुक्ष्म निगरानीमा राखि उपचार गर्न जेठ ९ गते COVID ICU (Block A) को बेड नं १३ मा सिफ्ट गरिएको ।
नेपाल सरकार, विभिन्न अन्तराष्ट्रिय स्थापित प्रोटोकलहरू अनुसार उपचार गर्दा पनि बिरामीको अवस्थामा आशातित सुधार हुन नसकेको । अवस्थाको जानकारी पटक पटक बिरामीको पक्षलाई विभिन्न सम्पर्क व्यक्तिहरू मार्फत गराइएको ।
बिरामी पक्षले बेलाबेलामा ‘मेरो बिरामीलाई केहि भएमा सबलाई चड्कन लाउँछु; अस्पतालका एक-एकलाई गिंड्छु’ भन्दै स्वास्थ्यकर्मीहरूलाई त्रस्त पारेको ।
ICU मा CPAP मा रहँदा पनि साँझ साढे ७ बजेतिर अक्सिजन सेचुरेसन घटेकोले ड्यूटीमा रहेको नर्सले CPAP (Bain Circuit) लाई भेन्टिलेटरमा जोडेर बिरामी बचाउने हरसंभव प्रयास भएको ।
स्मरण रहोस् – यसरी भेन्टिलेटर जोडिएको साविकको CPAP mask मा नै हो । घाँटीमा पाइप हाल्ने (Endotracheal Intubation) गरिएको होइन ।
बिरामीको सास फेर्ने शक्ति क्षीण भएकोमा मेसिनले सास पम्प गर्दा सेचुरेसन बढ्ला कि भन्ने असल मनसाय र प्रमाणित Standard Operating Procedures (SOPs) अनुसार नै सो निर्णय गरिएको हो ।
घटनाको गाम्भिर्यता महशुस गरि ड्यूटीका नर्सहरूले बाहिर रहेका सुरक्षाकर्मीलाई समेत सचेत गराएको ।
हरेक प्रयासका वावजुद पनि बिरामीको अवस्था सुधार नहुँदा राती ८:३८ मा मृत्यू भएकोमा बिरामीको भाइ, छोरा लगायत उत्तेजित भिडले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने प्रयास गरेको । नर्सको घाँटी न्याँकेको, टाउकोमा प्रहार गर्न खोजेको तर नजिकैको बेडको बिरामीको आगन्तुकले रोकेको ।
स्वास्थ्यकर्मीहरू उत्तेजित भिडबाट बच्न नजिकैको कोठामा लुुक्दा ध्वंसात्मक मानसिकता भएका थप व्यक्तिहरू समेत आइ ढोका, कुर्सी तोडफोड गरेको ।
ज्यान जोगाउन चिकित्सक तथा नर्स सोहि कोठाको झ्यालबाट हाम फाल्नुपरेको ।
आइसियुमा बाहिरबाट अराजक मानिसहरु घुसपैठ गरि अन्य बिरामीको उपचारमा समेत बाधा परेकाले बेड न A७ र B49 जहाँ स्वास्थ्यकर्मीकै अभिभावकको उपचाररत हुनुहुन्थ्यो, को क्रमश: ९:१५ र १२ बजे मृत्यू भएको ।
केहि समयमा अस्पतालका थप स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आइ अवस्था नियन्त्रणमा लिएको ।
आक्रमण गर्ने केहिलाई प्रहरीले पक्राउ गरेको ।
राती अबेरस्म प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष, अस्पताल बिकास समितिका पदाधिकारी, चिकित्सकहरू र नर्सिङ कर्मचारी सहितको बैठकले घटनाको अध्ययन गर्न एक टोली गठन गरेको र दोषी पाइएमा कारवाही गर्ने सहमति भएको ।
असुरक्षित वातावरणमा काम गर्न नसकिने भनि अस्पतालका सबै (ड्यूटीमा रहेका बाहेक) कर्मचारीहरू बिहानै देखि आन्दोलित भएकोमा हाल जिल्ला प्रशासन कार्यालयमा समस्या समाधानको निम्ति बैठक भैरहेको ।
यस्तो विषम् परिस्थितिमा समेत स्वास्थ्यकर्मीहरुले आफ्नो पेशागत दायित्वलाई निर्वाह गर्दै आकस्मिक कक्ष तथा कोभिड वार्डमा भर्नारत रहेका सबै बिरामीहरूको उपचार जारी रहेको ।
(बिहिवारको घटनाका विषयमा भेरी अस्पतालले आफ्नो फेसबुकपेजमा राखेको भनाई)
प्रकाशित मितिः     १४ जेष्ठ २०७८, शुक्रबार १४:३६  |
error: Content is protected !!