छ बुँदामा अल्झियो एमालेको एकता : अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई माधव नेपालले के भने ?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष वीच वक्तव्य जुहारी जारी छ । माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे एकता प्रस्ताव अस्वीकार गर्दै झण्डै २४ घण्टामा जवाफ पनि ६ बुँदामैं फर्काएको छ।

नेपाल पक्षले सार्वजनिक गरेको प्रेस वक्तव्यमा ओलीले पार्टी एकता हासिल गर्ने भन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित भएको आरोप लगाइएको छ।

यस्तै ओलीले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मलाउने भाषा एकता प्रस्तावमा प्रयोग गरेको नेपाल पक्षले भनेको छ।

ओलीले अब पार्टीका नेताहरुलाई कारवाही गर्ने भनेपनि यसअघि विधानविपरीत कथित कारवाही फिर्ता लिने कुरा ओलीको वक्तव्यमा नभएको निष्कर्ष पनि नेपाल पक्षले निकालेको छ। आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता नहुने नेपाल पक्षको भनाई छ ।


ओलीको वक्तव्यको झण्डै २४ घण्टा पछि नेपाल पक्षको जवाफी वक्तव्यको पूरा विवरण-

 

प्रकाशित मितिः     २४ जेष्ठ २०७८, सोमबार २१:३४  |
error: Content is protected !!