गुर्भाकोट ग्यालरीको पुन्य काम, भत्ता लिन आएका ज्येष्ठ नागरिकलाई पानी र स्वास्थ्य सामाग्री प्रदान


सुर्खेत :  भत्ता लिन बैंकमा आएका ज्येष्ठ नागरिकलाई गुर्भाकोट ग्यालरीका युवाहरुले पानी, सेनिटाइजर र मास्क वितरण गरेका छन् । गुर्भाकोट नगरपालिकालाई लक्षित गर्दै सामाजिक सन्जालमा बनाइएको यो ग्यालरीले सामाजिक काम समेत गर्दै आएको छ।

सोही क्रममा आईतवार कुमारी बैंक ,राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका जेष्ठ नागरिकहरु लाई निः शुल्क पिउने पानी,सेनिटाइजर, मास्क को ब्यवस्थापन गरेको छ । भत्ता वितरण कार्य हुँदा समेत पानी देखि स्वास्थ्य सामाग्री वितरणको काम गरिने छ ।

प्रकाशित मितिः     २४ जेष्ठ २०७८, सोमबार २१:२७  |