नेपालगञ्ज, असार १० गते । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/ ७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ । बिहिवार भएको ९ औं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथकिता दिइएको बताउनुभयो ।
उपमहानगरपालिकाले सम्पूर्ण वडामा भवन निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माणलाई गाडी बढाउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वडा कार्यालयहरुलाई पक्कि सडकले जोडिने र सार्वजनिक भौतिक संरचनाहरु निर्माण गर्दा अपांगमैत्री हुनेगरि निर्माण गरिने भएको छ । नाला नभएका ठाउँमा नाला र नाला सहितको कालोपत्रे पिसिसी र ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुर्खेतरोडको दायँबायाँ नाला नभएको स्थानमा ब्यवस्थित पक्कि नाला बनाउनका लागि आवश्यक पहल गरिने नगर प्रमुख राणाले बताउनुभयो ।
नीति तथा कार्यक्रममा महनगरपालिकालाई प्राथमिकता दिइएको छ ।
महानगरका लागि उपयुक्त स्थानमा जग्गाको ब्यवस्थापन गर्ने र संरचना निर्माणका लागि डिपिआर निर्माणका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यसैगरी नगर स्तरीय ठुला योजनाहरुको प्राविधिक प्रतिवेदन तयार गरि आयोजनाहरुको निर्माण कार्य सुरु गर्न पहल गरिने, रात्रिकालिलन बजारको पूर्वाधार निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल गर्ने, नगरबासीलाई स्वच्छ पिउने पानीको पहुँच पु¥याउन आवश्यक पहल गरिने भएको छ ।
जेष्ठ नागरिकहरुको ज्ञान,सिप र धारणा र अनुभवहरुको समन एवं प्रयोगका लागि जेष्ठ नागरिक संजाल गठन गरि आवश्यकता अनुसार दिवा सेवा केन्द्र संचालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यसैगरी गल्फ कोर्ष निर्माण गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तो छ नेपालगञ्जको नीति तथा कार्यक्रम
१. भौतिक पूर्वाधार सम्वन्धि नीति
१।वडा कार्यालयका आफ्नै भवन नभएका वडाहरुमा भवन निर्माण कार्यलाई निरन्तरता दिईने छ ।
२।वडा न.६ स्थित क्रिकेट स्टेडियमको निर्माण कार्य अगाडी बढाउन आवश्यक पहल गरिनेछ ।
३।नागरिकलाई वडा कार्यालयसम्मको पहुँच सहज बनाउन पक्की सडकले जोडिने छ र नगरभित्रका सबै सार्वजनिक भौतिक संरचनाहरु निर्माण गर्दा अपाङ्गमैत्रि हुनेगरी निर्माण गरिने छ ।
४।नेपालगंज उपमहानगरपालिका भित्र नाला नभएको ठाउँमा नाला र नाला सहितकोे कालोपत्रे, पि.सि.सि. र ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
५।सुर्खेतरोडको दायाँ वायाँ नाला नभएको स्थानमा ब्यवस्थित पक्किनाला बनाउनको लागि आवश्यक पहल गरिने छ ।
६।रिङ्गरोड बिकासका लागी आवश्यक पहल गर्ने र नगरका ब्यस्त चोक तथा बस स्टेशनहरुमा यात्रुहरुको लागी प्रतिक्षालय (वेयटिङ्ग सेड) निर्माण कार्यलाई प्राथमिकता दिइने छ ।
७।यस उपमहानगरपालिका महानगर बन्ने सम्भावनालाई द्वष्टिगत गरी सो को लागी उपर्युक्त स्थानमा आवश्यक पर्ने जग्गाको ब्यवस्थापन गर्ने र संरचना निर्माणको लागी बिस्तृत परियोजना प्रतिबेदन तयार गर्न बजेट बिनियोजन गरिनेछ ।
८।नगर स्तरिय ठूला योजनाहरुको बिस्तृत प्राविधिक प्रतिवेदन तयार गरि आयोजनाको निर्माण कार्य सुुरु गर्न पहल गरिने छ ।
९।रात्रीकालिन बजारको पूर्वाधार निर्माणका लागी पहल गर्ने ।
१०।वडाको सिफारिसमा प्रत्येक एक वडामा ःभनब एचयवभअत छनौट गरी कार्यान्वयनको लागी पहल गरिने छ ।
११।नेपालगंज उपमहानगरपालिकाको वडा नं. २० स्थित विमानस्थललाई अन्तराष्ट्रिय स्तरको वनाउन पहल गरिने छ ।
१२।सम्बन्धित पक्षहरुको समन्वयमा नगरवासीलाई स्वच्छ खानेपानि पहुुँच पुुर्याउन आवश्यक पहल गरिने छ ।
१३।बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ का कारण भएको लकडाउनले गर्दा सम्पन्न हुन नसक्ने आयोजनाहरुको आ.ब. २०७७।७८ मा बचत हुने रकम आगामी आ.ब. २०७८।७९ मा बजेट ब्यवस्थापनका लागी सम्बन्धित निकायमा माग गर्ने र बजेटको ब्यवस्थापन भए पश्चात म्याद थप गरी कार्यान्वयन प्रकृया अगाडी बढाईने छ ।
१४.सिचाँईका पूर्वाधार पुराना डिपबोरिङ्गलाई मर्मत गरी संचालन गरिने छ ।
२.सामाजिक विकास नीति
२।१ सामाजिक, गैसस तथा साझेदारी विकास सम्बन्धि नीतिहरु
१.नेपालगञ्ज उपमहानगरपालिकाको साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधी, २०७५(संशोधन) बमोजिम विपन्न वर्गको आय–आर्जन उकास्न व्यवसाय सञ्चालनका लागि उपलब्ध गरिएको ऋणको सावाँ र व्याज असुलीलाई निरन्तरता दिंदै व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरुलाई नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रम मार्फत् उत्प्रेरित गरि व्यवसायमा नविनताको थालनी गरिनेछ ।
२.गरिवि निवारणका लागि लघू उद्यम विकास कार्यक्रम, साझेदारी विकास कार्यक्रम र नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रमका माध्यमबाट सीपमा आधारित साना, मझौला उद्यमीहरुलाई नयाँ अवसरहरु सृजना गर्दै नगरको समृद्धिका लागि आर्थिक विकास योजना तर्जुमा गरिनेछ ।
३.स्थानीयस्तरमा सामुहिक भावनाको विकासका लागि टोलस्तरीय संस्थाहरु गठन, परिचालन तथा व्यवस्थापन गरि वडा र नगरस्तरीय सञ्जाल मार्फत् सामाजिक सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४.सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गरि वैदेशिक रोजगारमा जाने युवाहरुलाई विदेश जानुपूर्व पूर्व सचेतनामूलक सवै सूचना उपलब्ध गराई गन्तव्यको यात्रा सहज र सुरक्षित गर्न प्रयास गरिनेछ ।
२.२ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्र्तगतका,
महिला लक्षित नीति
१. महिलाको श्रम र समयको बचत गर्ने प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
२.सारभूत लैगिंक समानता प्राप्तिको लागि पुरुषको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ ।
३. सरोकारवाला सबै कार्यालय, शाखा, संघ, संस्था र वडामा लैगिंक सम्पर्क बिन्दु तोकि महिला लक्षित बजेट बिनियोजनमा प्राथमिक्ता दिइनेछ ।
४.सबै किसिमका सर्भेक्षण तथा तथ्यांक संकलन गर्दा लैगिंक खण्डिकृत विषय अनिवार्य रुपमा समावेश गरिने छ ।
५.उद्यमशिलताको माध्यमबाट पिछडिएका तथा विपन्न महिलाको आर्थिक सशक्तीकरणका लागि महिला उद्यमी सहजीकरण केन्द्र संघीय सरकारको सहकार्यमा संचालन गरिनेछ ।
६.महिला विकास कार्यक्रमलाई निरन्तरता दिदै महिला विकास कार्यक्रमद्धारा प्रवद्धित महिला सहकारी संस्थालाई उत्पादनमूलक व्यवसाय तथा स्वरोजगारको क्षेत्रमा परिचालन गर्न गरीवि विरुद्ध महिला कार्यक्रम संचालन गरिनेछ ।
७.महिला, बालवालिका तथा ज्येष्ठ नागरिक पुर्नस्थापना केन्द्र सञ्चालनका लागि सहयोग एवं समन्वय गरिनेछ ।
८.मानव वेचविखन तथा ओसार पसार नियन्त्रणका लागि विकास साझेदार, निजी क्षेत्र र समुदायसँग सहकार्य र साझेदारी गरिनेछ ।
९.मानव वेचविखन तथा ओसार पसार नियन्त्रणको लागि महिला विकास कार्यक्रमद्धारा प्रबद्धित समूह संस्थाको प्रभावकारी परिचालन गरिनेछ ।
बालवालिका लक्षित नीति
१ आपतकालीन बालउद्धारकोषको ब्यवस्थापन तथा प्रभावकारी कार्यान्वयन गरिनेछ ।
२.इन्टरनेटको दुरुपयोगबाट पर्ने सबै प्रकारका नकारात्मक असरबाट बालबालिकालाई संरक्षण गर्न सरोकारवालासँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
३.बालक्लब, बालसमूह र किशोर किशोरी समूह जस्ता संयन्त्रको गठन तथा सञ्चालनलाई विस्तार गरी बालवालिका तथा किशोरीको सहभागिता बढाईनेछ ।
४.बालश्रमिकको तथ्यांक अद्यावधिक गरी बाल श्रमिकको नियमीत अनुगमन, उद्धार तथा पुर्नस्थापना गरिनेछ ।
५. बालमैत्री स्थानिय शासन अभियानलाई उच्च प्राथमिक्ताका साथ अगाडि बढाइनेछ ।
६.बालिका शिक्षा र बालविवाह न्यूनीकरण मुद्दती खाता योजनालाई निरन्तरता दिइनेछ ।
७.संघीय सरकारको सहकार्यमा प्रत्येक वडामा क्रमशः बाल उद्यान निर्माण गरी संचालनमा ल्याईनेछ ।
अपांगता भएका ब्यक्ति लक्षित नीति
१.अपांगता भएका व्यक्तिको दैनिक जीवनयापन सहज बनाउन आवश्यक्ता अनुसार सहायक सामग्री वितरणकार्यलाई निरन्तरता दिइनेछ ।
२.अपांगता भएका व्यक्तिप्रति गरिने विभिन्न प्रकारको अन्धविश्वास, विभेद र सबै प्रकारका हिंसा नियन्त्रण र निराकरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
३. अपांग परिचयपत्रको डिजिटलाइजेशन कार्यलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिइनेछ ।
ज्येष्ठ नागरिक लक्षित नीति
१. ज्येष्ठ नागरिक परिचय पत्रलाई डिजिटलाइजेशन गरी सवै ज्येष्ठ नागरिकलाई परिचय पत्र प्रदान गर्नकार्यलाई अगाडि बढाइनेछ ।
२. ज्येष्ठ नागरिकहरुको ज्ञान, सिप र धारणा र अनुभवको सम्मान एवं प्रयोगका लागि त्जष्लप त्बलप अवधारणाको अवलम्बन गरिनेछ ।
३. वडा स्तरियमा ज्येष्ट नागरिक क्लबहरु विस्तार गरी नगरपालिका स्तरिय ज्येष्ठ नागरिक संजाल गठन गरिनेछ साथै आवश्यक्ता अनुसार दिवासेवाकेन्द्रलाई सञ्चालन गरिनेछ ।
३.आर्थिक विकास, कृषि, पशुपालन तथा सहकारी सम्वन्धि नीति ः
१.करदाताहरुलाई कर प्रणालीमा स्वच्छिक रुपमा सहभागी गराउदै समग्र राजस्वप्रशासनलाई करदाता मैत्रीबनाईनेछ । जसको लागि सबै वडा कार्यालयहरुमा सफ्टवयेर प्रणालीको विस्तार गरी अनलाईन मार्फत वडा कार्यालयहरुबाटै सम्पूर्ण कर,दस्तुर संकलन गर्नेवातारणको सिर्जना गरिनेछ ।
२.करदाताहरु कार्यालयमाआई कर,शूल्क बुझाउन नसक्ने साथै सूचना प्रविधीको उच्चतम् प्रयोग गर्न भ्(उबथmभलत कथकतझ लागु गरि राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाईनेछ ।
३. राजस्व अभिवृद्धिका लागि अनुगमन र निरिक्षण कार्यलाई तिव्रता दिईनेछ ।
४.राजस्वको तथ्याङ्कहरुलाई ब्यवस्थित र सुरक्षित तवरले राख्ने संयन्त्रको विकास गरिनेछ ।
५. व्यवसाय करमा वृद्धिका लागि व्यापार संघ सँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
३.१ कृषि सम्वन्धि नीति
१.दिगो आर्थिक विकासको अवधारणा अनुरुप कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्घिका कार्यक्रम संचालन गर्दै कृषिमा आत्मनिर्भर उपमहानगरपालिका बनाइनेछ ।
२.कृषिको ब्यवसायीकरण तथा विविधिकरणमा जोड दिई आय आर्जन तथा रोजगारका थप अवसरहरु सृजना गरिने छ ।
३. कृषि उत्पादन तथा ब्यवसाय प्रवद्र्धनमा आवश्यक कृषि ऋणको ब्यवस्था गरि ऋण प्रवाहलाई प्रतिफल संग आवद्ध गरीनेछ ।
४ कृषि कार्यक्रमहरुको संचालनमा लक्षित समूहको सहभागितालाई विशेष जोड दिईने छ ।
५.सीमान्त जमीन, चरन, वन तथा प्रयोगमा नआएका सार्वजनिक जमीनलाई लक्षित समुदायमा कबुलियतनामा गरी सम्भाब्यता अनुसार घांस,डाले,कृषि, वन,मसला बाली एवं अन्य स्थायी रुख विरुवा हुने खालका नगदे बाली एवं फलफूल बगैचा विकासमा उपयोग गराई वन तथा अन्य जमीनको समुचित उपयोग गरी गरिवि निवारणमा टेवा पर्ुँयाईने छ ।
६. बजारको मांग अनुसारको उपयुक्त परिमाण र गुणस्तरमा कृषि वस्तु उत्पादन गर्ने बृहत उत्पादन क्षेत्र विकास गरिने छ । यस्ता पकेट क्षेत्रमा तुलनात्मक लाभ भएका कृषि वस्तुहरुको उत्पादनमा प्राथमिक्ता दिईने छ ।
७. विषादिरहित कृषिजन्य उत्पादन कार्यका लागि प्राङ्गारिक खेतीलाई प्रोत्साहन दिइनेछ ।
३.२ पशु सेवा सम्वन्धि नीति
१. इजाजतपत्र नै नलिई संचालनमा रहेका पशुपक्षींजन्य उत्पादन बिक्रि वितरण गर्ने पसलहरुलाई निश्चित समयावधी तोकि कानुनको दायरामा ल्याई वस्तु वा सेवाको गुणस्तरलाई अनुगमन÷नियमन गरि व्यवस्थित गरिनेछ ।
२.पशु.व्यवसायीहरुलाई विभिन्न किसिमका व्यवसायिक तालिमहरु (भेडापालन, बाख्रापालन, कुखुरापालन, गाईभैसिपालन, बंगुरपालन, स्वच्छ दुध उत्पादन, स्वच्छ मासु उत्पादन, मत्स्यपालन) जस्ता कार्यक्रम सञ्चालन गरि÷गराई किसानलाई उत्पादनमूखि मात्र नभएर व्यवसायीमूखि बनाईनेछ ।
३.सहकारी तथा निजी संस्थाको साझेदारीमा नगरपालिका क्षेत्रमा आधुनिक पशु बधशाला÷बधस्थलको निर्माण गरिनेछ ।
४.पशुपंक्षीका रोग रोकथाम,नियन्त्रण तथा उन्मूलन गर्न पशु स्वास्थ्य आपत्कालीन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
५. पशुपालनको सम्भाव्य क्षेत्र पहिचान गरी प्रदेश सरकारको सहकार्यमा पशुपालन पकेट क्षेत्र तोकी पशुपालन व्यवसायलाई व्यापक गराईने ।
३.३ सहकारी सम्बन्धि नीति
१.विपन्नका लागि गरिदिने नभएर विपन्नले नै गर्ने’ विकासको स्व–लक्षित (क्भाि(तबचनभतभम० ढाँचा निर्माण गर्ने साथै सहकारीताका माध्यमबाट विपन्नवर्गलाई आत्मनिर्भर बनाउदै लगिनेछ ।
२.स्थानीय सरकारका प्राथमिकताका वर्ग (प्राथमिक उत्पादक, वास्तविकश्रमिक र सर्वसाधारण उपभोक्ता) लाई नै सहभागी गराएर प्रत्यक्षतः एवं गुणाङ्कीय रूपमा फाइदा दिने व्यवसाय विस्तार गर्ने
३.कृषकलाई भाउ, श्रमिकलाई स्व–रोजगारी र उपभोक्तालाई सस्तोमा राम्रो वस्तु वा सेवा सुनिश्चित गरेर स्थानीय उत्पादन, उपभोग र रोजगारीको स्तरमा तीव्र सुधार गर्ने
४.वर्तमान शैक्षिक, आर्थिक, सामाजिक स्तर जे–जस्तो भए तापनि जनस्तरमाव्यापक मात्रामा व्यावसायिकता विकास गराउनुका साथै लैङ्गिक विभेद तथा सामाजिक सीमान्तीकरण अन्त्य गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई परिचालन गरिनेछ ।
५.लक्षित कार्यक्रमबाट भन्दा छिट्टै, सस्तै र समस्तै जनतालाई परिवर्तनको अनुभूति हुनेगरी अभियान र सहभागिता गराई स्थानीय सरकार प्रति अपनत्व विकास गर्ने ।
४.स्वास्थ्य सम्वन्धि नीति ः
१. विश्वव्यापीरुपमा फैलिएका कोभिड—१९ लगायत अन्य महामारीहरुको प्राथाकिताका साथ रोकथाम, नियन्त्रण, निदान तथा व्यबस्थापन गरिनेछ ।
२.नेपाल सरकारद्धारा सुचिकृत गरिएका अत्यावश्यक औषधीहरु स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्थाको सुनिश्चित गरिनेछ ।
३.अत्यावश्कीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रको अल्पकालिन र दिर्घकालिन कार्ययोजना बनाई लक्ष्य निर्धारण गरि सोही वमोजिम कार्यान्वयन गरिनेछ ।
४.यस उप—महानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको विद्यमान स्वास्थ्य निती अनुसार स्तरोन्नती तथा मापदण्ड अनुसारको भौतिक पूर्वाधारको विकास गरि सहज तथा गुणस्तरीय सेवाको सुनिश्चितताका साथै स्वास्थ्य सूचना प्रणाली अन्तरगत अनलाइन रिर्पाेटिङ्ग कार्यलाई समयानुकुल सुदृढीकरण गर्दै लगिने र आगामी २ बर्षभित्र १५ सैयाको आधारभुत अस्पताल संचालनमा ल्याईनेछ ।
५.बालबालिका तथा गर्भवतीहरुलाई खोपको पँहुचमा बृद्धि गरि पूर्ण खोप तथा दिगोपन कार्यलाई सुनिश्चितता गर्न आवश्यकता अनुसार खोपकेन्द्र, सुरक्षित २४ घण्टे प्रशुति सेवा संचालन र विस्तार तथा निर्माण गरिनेछ ।
६.निजी स्वस्थ्य संस्थातथा गैरसरकारी संस्थाहरुको दर्ता, संचालन तथा नविकरण कार्य गरिनेछ साथै नियमित रिर्पोटिङ्ग, र नियमन तथा अनुगमन गरिनेछ ।
७.हाल विद्यमान सर्ने र नसर्ने रोगहरुको समस्यालाई समाधान गर्न जीवनशैली सम्बन्धी व्यवहार परिर्वतन, योगा, ब्यायाम, स्वास्थ्य शिक्षा तथा प्रचारप्रसार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न जोड दिइनेछ । साथै आगामी दुई वर्षभित्र क्षयरोग मुक्त उप–महानगरपालिका घोषणा गरिनेछ ।
८.प्रोटोकल अनुसार गर्भवती जाँचमा बृद्धि गरि पोषणयुक्त खाना तथा २४ घण्टे प्रसुती सेवालाई विस्तार तथा सुदृढीकरण गरिनेछ ।
९.सेवाको पहुचभन्दा टाढा रहेको समुदाय तथा बस्तिहुरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिनेछ ।
१०.समुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई समयानुसार विस्तार गर्दै लैजाने र हाल गरेको सेवाको योगदानलाई कदरगदै ६० बर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन सहित बिदाई गरिनेछ ।
११.नेपालगंजउप—महानगरपालिका अन्तरगतकार्यरत सम्पुर्ण कर्मचारीहरु र निजको आश्रित परिवार तथा महिला स्वास्थ्य स्वयंसेविकलाई समेत राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइनेछ ।
१२.निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउन स्वच्छ विचार, स्वस्थखाना र नियमित ब्यायामगर्न नागरिक जागरण कार्यक्रम संचालनमा ल्याइनेछ ।
१३.लागू औषधको बिधमानअवस्थालाई मध्यनजर गरी सोको रोकथाम, नियन्त्रण र ब्यवस्थापनगर्न नेपालप्रहरी÷समुदायिकप्रहरी र गैरसरकारी संस्थाहरु संग समन्वय र सहकार्य गरी प्रभावकारी बनाइनेछ ।
१४.कुनैपनि नागरिक भोकप्यास बाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ सञ्चालित अञ्जली माता रसोई लगायतका अन्य सामाजिक संघसंस्थाहरु सँग समेत आवश्यक सहकार्य गरिनेछ ।
५.शिक्षा तथा खेलकुद सम्वन्धि नीति ः
१) साक्षर नगरपालिका.घोषणा गरिनेछ ।
२) सबै बालबालिकालाई सुरक्षित र बालमैत्री वातावरणमा पठनपाठनको व्यवस्था मिलाइनेछ ।
३) विद्यालय तहको शिक्षालाई पहँुचयोग्य,सर्वसुलभ र गुणस्तरिय बनाइनेछ ।
४)लक्षित वर्गको समतामुलक पहुँच सुनिश्चित गर्न कन्या मा.वि.को संस्थागत क्षमता विकास र कन्या कलेज सञ्चालनमा ल्याइनेछ ।
५) खेलकुद क्षेत्रको प्रवद्धन तथा विकासका लागि सभ्य शहरको रुपमा पहिचान गर्न गल्फ कोर्सको निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।
६.संस्कृति तथा पर्यटन सम्वन्धि नीति ः
१.धार्मिक तथा सांस्कृतिक धरोहरहरुको दीर्घकालिन संरक्षण र विभिन्न समुदायबीचको सदभाव कायम गर्न उपयुक्त कार्यक्रमको तर्जुमा गरि धार्मिक सहिष्णु र मानवमैत्री शहरमा रुपान्तरण गरिनेछ ।
२.पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्वाहरुको संरक्षण तथा संवद्धन गरिनेछ,
३.नगरभित्र रहेका सम्पूर्ण ताल, तलैया तथा पार्कहरुको पहिचान, स्तरोन्नती तथा निर्माण कार्य गरी संरक्षण र संवद्धन गरिनेछ ।
४.पर्यटन प्रवद्धनका लागि ऋबकष्लय ःभतचयअष्तथ बनाउन आवश्यक पहल गरिनेछ ।
५.नगरको सौन्दर्यकरणको लागि आवश्यकता अनुसार ज्ष्नज ःबकत ीष्नजत जडान गरिनेछ ।
६.नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न सम्बन्धित सरोकारवालाहरु सँग समन्वय गरी आवश्यक पूर्वाधार विकास गर्ने नीति अवलम्बन गरिनेछ ।
७.सूचना प्रविधि तथा सञ्चार सम्वन्धि नीति ः
१. नगरवासीहरुलाई सूचना तथा सञ्चार प्रविधिको अर्थपूर्ण प्रयोगमा सक्षम बनाउन नगरपालिकाको प्रत्येक वडामा एक एक वटा सूचना प्रविधि केन्द्र ९त्भअजलय ज्गद० को स्थापना गरिनेछ ।
२. नगरपालिकाले प्रदान गर्ने सेवाहरुमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पूर्ण म्ष्नष्तबष्शिबतष्यल समेत गरि भ्(न्यखभचलबलअभ प्रणालीमा जोड दिईनेछ ।
३. कार्यालयका दैनिक प्रशासनिक कार्यसम्पादनसंग सम्बन्धित अभिलेखिकरण लाई थप व्यवस्थित बनाउन म्यअगmभलतबष्यल ःबलबनझभलत क्थकतझ र इााष्अभ बगतयmबतष्यल क्थकतझ लाई प्रयोगमा ल्याईनेछ ।
४. नगरपालिका र मातहतका निकायहरुबाट संकलन हुने सवै प्रकारका राजस्व, सेवा शुल्क तथा सवै प्रकारका आर्थिक क्रियाकलापहरुलाई विद्युत्तीय प्रणाीलमा आवद्ध गरिनेछ ।
८. बन,वातावरण संरक्षण, सरसफाई तथा विपद व्यवस्थापन सम्वन्धि नीति ः
१. नगरक्षेत्रमा रहेको बन संरक्षण गर्दै उद्यान तथा हरियाली क्षेत्रको विकास तथा विस्तार गरिनेछ ।
२. प्लाष्टिक जन्य पदार्थबाट हुने बातावरणिय प्रदुषण न्यूनिकरणगर्न ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री, वितरण र प्रयोगमा आगामी आर्थिक बर्षदेखि क्रमिक रुपमा प्रतिस्थापन गर्दै लगिनेछ ।
३. सपिङ्ग मल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था मिलाईनेछ ।यस्ता झोला उत्पादन गर्ने उद्योगलाई थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराईनेछ ।
४.बातावरणमैत्री विकासलाई प्रर्वद्धनगर्न विद्युतिय सवारी साधनको उपयोगलाई प्रोत्साहन गरिनेछ ।
५. ल्याण्डफिल साईडको संचालन तथा व्यवस्थापन बापत संकलित सरसफाई शुल्कबाट प्राप्त राजश्व आम्दानिलाई सोही क्षेत्रको विकासमा खर्च गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
६. नीजि संस्था मार्फत सरसफाई गर्ने कार्यलाई निरन्तरता दिदै थप प्रोत्साहन गरिनेछ ।
७. घरधुरी तहमा उत्पादन हुने फोहोरलाई बर्गिकरण गरी घरमै कम्पोष्टमल उत्पादन गर्ने, अस्पताल जन्य फोहरलाई प्रशोधनगर्ने र दिशाजन्य लेदोको व्यवस्थापनका लागि दिशा जन्य लेदो प्रशोधन केन्द्रको निर्माण गरिनेछ ।
८.विपद प्रकोप रोकथाम तथा नियन्त्रणका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाबनाई कार्यान्वयन गरिनेछ । यसका लागि प्रकोप व्यवस्थापन कोषलाई निरन्तरता दिइनेछ ।
९. विपद जोखिम क्षेत्र पहिचान तथा जोखिम नक्शांकन गरिनेछ । साथै विपद उद्दार तथा व्यवस्थापनका लागि बहुउद्देशिय भवन निर्माण गरिनेछ ।
९. सुशासन तथा संस्थागत विकास सम्वन्धि नीति ः
१.नेपालगञ्ज उपमहानगरपालिकाको आवश्यक मापदण्ड पुरा गरी महानगरपालिका बनाउनका लागि बजेट विनियोजन गरिनेछ ।
२.सुशासन कायम गर्नको लागि ज्भउि म्भकप, म्ष्नष्तब िल्यतष्अभ द्ययबचम, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, अनुगमन तथा मूल्यांकन कार्यलाई प्रभावकारीरुपले सञ्चालन तथा कार्यान्वयन गरिनेछ ।
३.न्यूनतम जनशक्तीबाट अधिकतम कार्यसम्पादन गर्ने निती लिईनेछ ।
४.भ् (न्इख्भ्च्ल्ब्ल्ऋभ् प्रणालीको क्रमशः अवलम्बन गर्दै लगिनेछ ।
१०.व्यवस्थित शहरी विकास नीति ः
१। यस शहरलाई सुन्दर,स्वच्छ, हरियाली बनाउनका लागि पार्क निर्माण,ताल तलैयाहरुको संरक्षण तथा सम्बर्धन गरिनेछ ।
२।नेपालगन्ज उपमहानगरपालिका भित्र ब्यवस्थित पार्किङ्ग ब्यवस्थापनको लागि आवश्यक पहल गरिने छ ।
३।घर नक्सा सम्बन्धी कार्यलाई चुस्त, दुुरुस्त तथा प्रविधिमैत्रि बनाउन नक्शाहरुलाई डिजिटलाईजेशन गरिनेछ ।
११) तथ्यांक सम्बन्धि नीति
१.नेपालगञ्ज उप महानगरपालिकाका सम्पूर्ण महाशाखा तथा शाखा बिच समन्वय गरी एकिकृत तथ्यांक प्रणालीको विकास गरिनेछ ।
२.योजना तर्जुमा, नीति निर्धारण लगायतका कार्यका लागि आवश्यक पर्ने तथ्यांक र तथ्याकीय क्षेत्रको खोजी गरी तथ्यांक उत्पादन र सुरक्षित भण्डारण गरिनेछ ।
३.जनसांख्यिक, प्राकृतिक, भौतिक, साँस्कृतिक लगायतका सम्पूर्ण क्षेत्रहरुको विस्तृत विवरण समावेश गरी नगर पाश्वचित्र तयार पारिनेछ ।
४.सम्पूर्ण शाखा,महाशाखाबाट सम्पादन गरिने कार्यहरुको चौमासिक प्रगति प्रतिवेदन तयार गरिनेछ ।
१२)सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सम्बन्धि नीति
१) हाल सन्चालनमा रहेका व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा संग सम्बन्धित ख्भ्च्क्ए(ःक्ष्क् प्रणाली प्रत्येक वडाकार्यालयमा प्रभावकारी रुपमा सन्चालन तथा प्रयोग नभईरहेको सन्दर्भमा नियमित रुपमा सन्चालन गरिने तालिम बाट उक्त प्रणाली प्रभावकारी रुपमा सन्चालन तथा प्रयोग गर्न सक्षम बनाईनेछ।
२) नेपाल सहकार गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागवाट विश्व बैंक संगको सम्झौताअनुसार तय गरिएका सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण आयोजना ९क्क्क्एऋच्० अन्र्तगतका कार्यहरु प्रभावकारी रुपमा कार्यन्वयन गर्ने ।
३) लक्षित वर्ग तथा सेवाग्राहीहरुको सतप्रतिशत सहभागिताका लागि २३ वटै वडा कार्यालयका टोल टोलमा एकिकृत घुम्ति सेवा मार्फत समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताको कार्य सम्पन्न गरीनेछ ।
१३) बारुणयन्त्र सम्वन्धि नीति
१.बारुणयन्त्र शाखाका सम्र्पूण कर्मचारहरुलाई आवासीय व्यवस्थापन गरिनेछ ।
२.बारुणयन्त्रमा संचारसेट व्यवस्थापन गरी फायर फायटिंगमा कमाण्डर,डाइभर र फायरमेन विच राम्रो संचार समन्वय प्रणालीको विकास गरिनेछ ।
३.आगलागि जन्य घटनाहरुको रोकथाम तथा नियन्त्रण गर्न सम्वद्ध जनशक्तिको विकास र प्रयाप्त स्रोतसाधनको व्यवस्था गरिनेछ ।
१४) भूमि ब्यबस्था सम्बन्धि नीति
१। सार्बजनिक र सरकारी जग्गाको संरक्षण गर्न नगरपालिका प्रतिबद्ध छ। गैरकानुनि रुपमा कब्जा गरिएका सार्बजनिक, सरकारी र गुठि जग्गाको खोज तथा पहिचान गरी फिर्ता ल्याउने कार्यलाई तिब्रता दिइनेछ।सडक र सोको अधिकार क्षेत्र लगायत नेपाल सरकारले अधिग्रहण गरेको वा खरिद गरेको सम्पूर्ण भूमिको कित्ताकाट गरी आगामी आर्थिक बर्षभित्रमा नेपाल सरकारको नाममा कायम गरिनेछ।
२। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अब्यबस्थित बसोबासिको पहिचान गरी लागत संकलन, नाप नक्साङ्कन, सत्यापन र अभिलेखंग्कन कार्य गरी आगामी आर्थिक बर्षभित्र जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिनेछ।
३। नेपाल सरकार र नगरपालिकाको सहलागानिमा नगरपालिकामा भूमि बैंकको शाखा स्थापना गरी आगामी आर्थिक बर्षभित्र संचालनमा ल्याईनेछ। उपयोगमा नरहेका व्यक्तिगत, सरकारी, सार्बजनिक तथा नदि उकासको जग्गामा ब्यबसायिक खेति र कृषि उपज प्रशोधन गर्न व्यक्ति, समूह वा संस्थालाई भूमि बैंक मार्फत लिजमा उपलब्ध गराउने ब्यबस्था मिलाईनेछ।
४। नेपाल सरकारले तयार गरेको भू(सुचना प्रणालीमा आधारित भू(उपयोग नक्साको प्रयोग गरी भू(उपयोग योजना तर्जुमा गरिनेछ।
५। नगर भित्रका सरकारी र सार्बजनिक जग्गाको डिजीटल डाटाबेस तयार गरिनेछ।
नगरसभा सदस्यज्यूहरु,
अन्तमा यस उपमहानगरपालिकाकाको विकासका निम्ति कोशेढुङ्गा सावित हुने यस गरिमामय नवौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा रचनात्मक राय सुझाव र मार्गदर्शन प्राप्त हुने अपेक्षा लिएको छु ।
यो नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा संलग्न रहि सहयोग पुरयाउने नेपालगंज उपमहानगरपालिकाका कार्यपालिका सदस्य ज्यूहरु, सम्पुर्ण कर्मचारीहरुलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु । प्रस्तुत नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको लागि सम्बद्ध सबै पक्षहरुबाट सदाझै सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा लिदै यस स्थानीय सरकारले अघि सारेको प्रस्तुत नीति कार्यक्रम कार्यान्वयमा सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय दातृ निकाय,राष्ट्यि तथा स्थानीय गैर सरकारी संस्था र सम्पूर्ण वुद्धिजिवी एवं प्रवुद्ध वर्गमा हार्दिक अपिल गर्दछु ।
धन्यवाद ।………………………
डा.धवल शम्शेर राणा
नगर प्रमुख
नेपालगञ्ज उपमहानगरपालिका, बाँके
मिति २०७८असार १० गते