पुरा हुँदै धवलको वाचा : छात्रा कलेज सञ्चालनको तयारी अन्तिम चरणमा


तस्वीर : अमन गुप्ता

नेपालगन्ज १७ असार :  नेपालगन्जका मेयर डा. धवल शम्सेर राणाले चुनावताका गरेको मध्य एउटा वाचा हो गल्र्स कलेज । अल्पसंख्यक समुदायका छात्राहरुलाई पढ्न समस्या नहोस् भन्ने उदेश्य राखेर गल्र्स कलेज सन्चालन गर्ने मेयर राणाले वचन दिनुभएको थियो । मेयरको कार्यकालको अन्तिम चरणमा आइपुग्दा उक्त वाचा पुरा हुँदै छ ।

भौतिक पूर्वाधार सम्पन्न हुनाका साथै कलेज सन्चालनको मुखमा आइपुग्दा मेयर राणा प्रशन्न हुनुहुन्छ । लामो समयदेखि तयारी गरिरहेको गल्र्स कलेज नयाँ शैक्षिकसत्रदेखि सुरु हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति नन्दवहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ ।


मध्यपश्चिम विश्व विद्यालयका उपकुलसँग छलफलपनि नेपालगञ्ज फर्किएको टोली सोमबार पनि नगरप्रमुख डा. धवलशम्शेर राणा सहितको छलफलमा छ । कलेज सञ्चालनका लागि असार १० गते भएको ९ औं नगरसभाबाट विनियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले जानकारी दिनुभयो ।

पहिलो वर्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्व विद्यालयमा पेश गरिने शाखा प्रमुख राणाले बताउनुभयो ।

नेपालगञ्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो । कलेज सञ्चालनका लागि निर्माण भईरहेको भवनको सम्पूर्ण कार्य एक महिनाभित्रै सम्पन्न हुने उप–महानगरपालिकाले जनाएको छ । नगर प्रमुख राणाले नेपालगञ्जमा कन्या क्याम्पसको आवश्यकता महसुश गरि सुरुवातदेखि नै कलेज स्थापनाको पहल गरिएको र अहिले त्यो पुरा हुने चरणमा पुगेको बताउनुभयो ।

प्रकाशित मितिः     १७ असार २०७८, बिहीबार ०६:३४  |
error: Content is protected !!