फुड डेलिभरीमा बाँकेमा उत्कृष्ट बनेको ‘कान्छादाई’ एप फेरी सन्चालन


नेपालगन्ज १९ असार :  नेपालगन्जका युवाहरु गिरीधर गौतम र विष्णुप्र्रसाद शमा, गणेश भुषालले लकडाउनकै बीच शुरु गरेको अनलाईन फुड डेलिभरी मोवाइल एप ‘कान्छादाई’ लोकप्रिय बनेको छ ।

गत वर्षझैं यसपटक पनि लकडाउनमा कान्छादाई एपले फुड डेलिभरीमा आफुलाई उत्कृष्ट बनाउन सक्यो । दोस्रो लकडाउन खुकुलो भएपछि आफ्ना सेवाग्राहीलाई सेवा दिन शुरु गरिएको कान्छादाई एपका सन्चालक गिरीधरी गौतम बताउँछन् ।

पहिलो पटक नेपालगन्जमा यसरी मोवाइल एप मार्फत अधिकांस होटल एवं रेष्टुरेन्टको स्वाद घर–घरमा पुगिरहेको छ । यसअघि होटल एवं रेष्टुरेन्टले सम्पर्कमा आएका आफ्ना सेवाग्राहीलाई होम डेलिभरी गर्दै आएका थिए ।

पेशाले सफ्टवेयर इन्जिनियर गौतमको कोहलपुरमा आफ्नै सपोटेस् सफ्टवेयर कम्पनी छ । सोही कम्पनी मार्फत नेपालगन्जमा पहिलो पटक गोकार्ट समेत सन्चालन भइरहेको छ ।

नयाँ नयाँ काम गर्न रुचाउने युवाहरुको यो समूहले गत असार ८ गतेबाट कान्छादाई एप शुरु गरेको हो । ‘मानिसहरु घरमै बसेर उत्कृष्ट होटल र रेष्टुुरेन्टको स्वाद चाख्न चाहान्छन् । तर त्यो चाहाना पुरा गर्ने माध्यम पाइरहेका हुँदैनन् । हो, हामी त्यही माध्यम बन्न खोजिरहेका छौं ।’– गौतम भन्छन्–‘सन्चालनको छोटो अवधिमा सेवाग्राहीले रहर लाग्दो गरी रेस्पोन्स गरिरहनुभएको छ ।’

कान्छा दाईले धेरैको मन जित्न सफल भएको गौतम बताउँछन् । ‘पहिलो दिनको अर्डर ३ वटा मात्र थियो । अहिले दैनिक ६० वटा अर्डरसम्म पुग्छ ।’– गौतमले भने,–‘सेवाग्राहीले पाए गरेरै यो सम्भवत भएको हो ।’ छोटो अवधिमै कान्छादाई एप २ हजार डाउनलोड भइसकेको छ ।  एप डाउनलोडक भइसकेपछि त्यहाँ गएर होटल एवं रेष्टुरेन्टको नाम हेरेर आफुले खान चाहेको परिकारको अर्डर गर्न सकिन्छ । त्यसरी अर्डर गरेको जतिसक्यो छिटो सेवाग्राहीको घरसम्म पुर्याउने काम गरिरहेको गौतमले बताए । उनले भने,–‘बिशेष अवस्था बाहेक सेवाग्राहीले ढिलो पुग्यो भनेर कसैले गुनासो गर्नु भएको छैन ।’

अहिलेसम्म कान्छादाईले नेपालगन्जका २८ बढि होटल एवं रेष्टुरेन्टसंग सम्झौता गरिसकेको छ । यो संख्या अझै बढाउने तयारी गरिएको छ । सबै जसो होटल एवं रेष्टुरेन्टको परिकार सेवाग्राहीको घरमा पुर्याउने लक्ष्य रहेको गौतमले बताए ।

शुरुका दिनमा सेवाग्राहीलाई आर्कषित गर्नका लागि परिकारमा ४० प्रतिशतसम्म छुट दिइएको थियो । अहिले भने सेवाग्राही आफ्ना सेवा देखेर आर्कषित भएको कम्पनीले जनाएको छ । कान्छादाईको बिशेषता के हो रु

गौतम भन्छन् –‘तपाई घरमै बसेर नेपालगन्जको हरेक रेष्टुरेन्ट र होटलको स्वादिष्ट परिकार हाम्रो एप मार्फत चाख्न सक्नुहुन्छ । एउटै एप प्रयोग गरेर धेरै सेफको हातबाट बनेको स्वादिष्ट परिकार खान पाइन्छ यसको खास बिशेषता यही हो ।’

कान्छादाई शुरु गर्दा प्रशासनबाट अनुमति लिने देखि स्वास्थ्य प्रोटोकल अपनाउनेसम्मका काम गरिएको थियो । अहिले पनि सात जना कर्मचारी नियमितरुपमा कान्छादाईमा काम गरिरहेका छन् ।

ती युवाहरुकै कारण कान्छादाई सफल भएको गौतम बताउँछन् । उनी भन्छन्–‘कान्छादाई सफल हुनुमा उहाँहरु लगायत गणेश भुषाल सरको महत्वपूर्ण भूमिका छ ।’ टिमवर्ककै कारण कान्छादाई सफल भएको र सेवाग्राहीले रुचाएको बताउँदै गौतम थप्छन्–‘यसलाई अझ बिस्तार गर्दै लैजाने र सबै सेवाग्राहीको घरमा पुग्ने बनाउँछौ ।’

 

प्रकाशित मितिः     १९ असार २०७८, शनिबार १२:०५  |