दूधको भुक्तानीका लागि सरकारले डिडिसीलाई दियो २० करोड ऋण


  • बिजमाण्डुबाट

काठमाडौं। पशुपालक किसानको दूधको भुक्तानी नियमित गर्न कृषि विकास तथा पशुपन्छी मन्त्रालयले दुग्ध विकास संस्थानलाई २० करोड रुपैयाँ ऋण दिएको छ।

संस्थानले केही समययता किसानलाई दूधको पैसा तिर्न नसकेपछि मन्त्रालयले ऋण दिएको संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए। निषेधाज्ञाको कारण बजारमा दूध र दुग्धजन्य पदार्थको बिक्री घट्दा सरकारी संस्थानको आर्थिक कारोबार प्रभावित छ। बजारबाट अपेक्षित आम्दानी नहुँदा संस्थानले किसानको भुक्तानी रोकेको छ।

वर्षायाममा खेतिपाती कम र खर्चको समस्या हुने भएकाले मन्त्रालयले किसानको भुक्तानी नरोक्न संस्थानलाई ऋण उपलब्ध गराएको अधिकारीले बताए। मन्त्रालयले दिएको ऋणले मात्र बक्यौता तिर्न पुग्दैन। संस्थानले अरु रकम जोहो गरेर पनि भुक्तानी गर्नेछ, उनले भने।

कोरोना संक्रमणको पहिलो लहर सुरु भएयता नै किसानको भुक्तानी अनियमित भइआएको हो। त्यसअघि बेला बेलामा भुक्तानीमा ढिलाइ हुने गरे पनि बक्यौता धेरै भएको थिएन,ु उनले भने। मन्त्रालयले किसानलाई भुक्तानी गर्न ऋण दिएको पहिलो पटक भएको उनले बताए। ुसबैलाई तत्काल दिन सकिँदैन तर ऋणले भुक्तानी नियमित गर्न मद्दत पुग्छ- उनले भने।

करिब वर्षदिनदेखि कारोबार प्रभावित हुँदा संस्थानमा किसानको करिब ४५ करोड रुपैयाँबराबरको भुक्तानी रोकिएको छ। दूध बिक्री गरी दैनिक गुजारा चलाउदै आएका किसानलाई भुक्तानी रोकिँदा निकै मर्का परेको छ।

ुपछिल्लोपटक करिब ३ महिनाभन्दा बढीको भुक्तानी बक्यौता छ। यतिबेला संस्थानसँग करिब एक अर्ब बराबरको दुग्धजन्य पदार्थ स्टक रहेको छ। पुरानो स्टक सकिन नपाउदै नयाँ उत्पादन थपिदै गएको छमु उनले भने। वैशाखमा रोकिएको पाउडर दूधको उत्पादन निषेधाज्ञाका कारण तयारी दुधको बिक्री नै कम भएकोले प्रभावित भएको थियो। संस्थानले पुनः पाउडर बनाउन थालेको छ।

पछिल्लोपटक निषेधाज्ञा खुकुलो भएपछि बजार बिस्तारै सहज हुन थालेको छ। असार १५ मा दहीको व्यापार उत्साहजक भएकाले डेरीजन्य व्यापार बढ्ने देखिएको संस्थानले जनाएको छ।

प्रकाशित मितिः     २० असार २०७८, आईतवार ०८:४१  |