‘जनादेशको सरकार हटाएर बनेको परमादेशको सरकार बिरुद्ध युथफोर्स सशक्त भएर लाग्छ’


नेपालगन्ज :  राष्ट्रिय युवा संघका केन्द्रीय सचिव रबिन्द्र लम्सालले एमालेको प्रतिरक्षाका लागि देशभर युथफोर्स ब्यूँताउने बताउनुभएको छ ।

काठमाण्डौंमा युथ फोर्स व्युँतिए लगत्तै अब शहरदेखि गाउँको वडास्तरमा युथफोर्स गठन गरेर माउ पार्टीलाई सशक्त बनाउन भुमिका खेल्ने सचिव लम्साल बताउँनुहुन्छ ।

‘जनादेश प्राप्त सरकारलाई परमादेशका नाममा हटाउने जुन काम भएको छ । त्यसका बिरुद्ध युथफोर्सले शसक्त भुमिका निर्वाह गर्छ । एमालेको प्रतिरक्षाका लागि हामी शहरदेखि गाउँसम्म युथफोर्स गठन गर्दै छौं ।’ नेता लम्सालले भने–‘जनताको पक्षमा काम गर्दागर्दै केपी शर्मा ओली नेतृत्वको पार्टीलाई कसरी घेराबन्दी गरियो भनेर जनतालाई बुझाउँछौं ।’

नेता महेश बस्नेतको निर्देशनमा अब युथफोर्स गठनदेखि परिचालनम्म हुन लागेको लम्सालले जानकारी दिनुभयो । ‘नेता महेश बस्नेतले भनेजस्तै हामी पार्टीका पक्षमा जस्तोसुकै कदम चाल्ने गरी अघि बढ्छौं ।’– लम्सालले भन्नुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश समितिका सदस्य समेत रहनुभएका युवा संघका सचिव लम्सालले जनादेशको सरकार हटाएर बनेको परमादेशको सरकारका बिरुद्ध सशक्त भएर युथफोर्सले काम गर्ने बताउनुभएको छ ।

जनादेश र परमादेशको अन्तर के हो भनेर आफुले बुझाउने पनि उहाँले जानकारी दिनुभयो । आउँने निर्वाचनलाई पार्टीलाई जित दिलाउन युथफोर्सलाई सशक्त तरिकाले लाग्ने लम्सालको भनाई छ ।

 

प्रकाशित मितिः     ३१ असार २०७८, बिहीबार ०६:१०  |