कोहलपुरमा डेढ सय युवा एमाले प्रवेश


नेपालगन्ज :  एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रति प्रभावित भई नेपाली काँग्रेसका करिब एक सय ५० बढी क्रियाशील सदस्य एमालेमा प्रबेश गरेको एमाले बाँकेले दावी गरेको छ ।

नेकपा एमाले, कोहलपुर नगरपालिका–११ वडा समितिले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा काँग्रेसका एक सय ५० बढी क्रियाशील कार्यकर्ताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्रबहादुर चौधरीले जानकारी दिए ।

एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्रबहादुर र युवा संघ बाँके जिल्ला सदस्य अरुण थारुको बिशेष पहलमा काँग्रेसको ठूलो समुहलाई एमालेमा प्रबेश गराउन सफल भएको उनले बताए ।

कोहलपुर नगरपालिका–११, कोहलपुर गाउँका नेपाली काँग्रेस सक्रिय कार्यकर्ता ज्ञानु थारु, बिमला थारु, दिलिप थारु कृष्ण थारु ल्गायत करिब एक सय ५० बढी कार्यकर्ता एमालेमा प्रबेश गरेको कोहलपुर–११ का वडा सदस्य बज्जु थारुले बताए ।

उनले कोहलपुर–११, कोहलपुर गाउँका सवै जना एमालेमा प्रदेश गरेको उनले दावी गरे ।

प्रकाशित मितिः     १६ श्रावण २०७८, शनिबार २१:१९  |