देशको सबैभन्दा ठुलो पार्टी एमाले दशौं महाधिवेशन केन्द्रीत


नेपालगन्ज । नेकपा एमालेले महाधिवेशन केन्द्रीत कामहरु सुरु गरेको छ ।  साथै स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुनस् स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् ।

महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।

पार्टी प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदनको मस्यौदा कार्यदल, महासचिव इश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव मस्यौदा कार्यदल, उपमहासचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र स्थायी समिती सदस्य रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।

यी कार्यदललाई अन्तिम रूप दिन र अन्य विषयमा छलफल गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

 

 

प्रकाशित मितिः     १७ श्रावण २०७८, आईतवार १९:३८  |