दिनभर ‘यातना भोगेर’ ज्येष्ठ नागरिकले पाउँछन् भत्ता, दोषी बैंक की सरकारी निकाय ?


नेपालगन्ज :  सडक र बैंकका बरण्डा छेउमा लहरै बसेका बृद्धबृद्धाहरु झट्ट हेर्दा कुनै धार्मिक कार्यक्रममा उपस्थित भएजस्तै देखिन्छन् । प्रवचन सुन्न बसेका जस्तो देखिने उनीहरुको पीडा भने अर्कै छ ।  सामाजिक सुरक्षा भत्ता लिनका लागि उनीहरु यसरी लाइन लागेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका सहित बाँकेका अधिकांस पालिकाले आफ्नो क्षेत्रमा रहेका बैंक मार्फत् बृद्ध भत्ता वितरण गरिरहेको छ । बैंकमा भत्ता लिन आउने बृद्धबृद्धाले यस्तै लामो लाइन बस्नुपर्छ । बैंकले कहिले इन्टरनेट समस्या देखाउाछ त, कहिले अरु नै समस्या ।

सामाजिक सुरक्षा भत्तामा हाुदै आएको अनियमितता रोक्न बैकिङ्ग प्रणाली अवलम्बन गरिएको थियो । तर, यसलाई प्रभावकारी नबनाउँदा जेष्ठ नागरिकले सास्ती खेपिरहेका छन् । कतिपय स्थानमा त भत्ताको रकम लिन बैंक धाउदाधाउँदै पाउने पैसाभन्दा बढी खर्च हुन्छ ।

भत्ता दुरुपयोग रोक्ने माध्यम बैंक भन्दा अर्को प्रभावकारी देखिदैन । सम्भवत बिकल्प पनि छैन । तर याे उमेर समुहलाई दिने सेवा अरु भन्दा सहज र सरल भने बनाउनै पर्छ ।

प्रकाशित मितिः     १७ श्रावण २०७८, आईतवार १४:२५  |