रु ३ अर्ब ५० करोड लागतमा कर्णालीको ‘लाइफलाइन’ सडक रत्नराजमार्ग स्तरोन्नती हुँदै


नेपालगन्ज २१ साउन :  कर्णाली प्रदेश र पश्चिमको व्यापारिक केन्द्र नेपालगन्ज जोड्ने रत्नराजमार्गको स्तरोन्नती हुने भएको छ । उक्त सडकको स्तरोन्नतीका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ का लागि रु ३ अर्व ५० करोड बजेट बिनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रम अन्र्तगत दुईवटा योजना ल्याएको छ । ती दुबै योजना लुम्बिनी प्रदेशसंग सम्बन्धित छन् । एउटा योजना रत्नराजमार्ग ( कोहलपुर–सुर्खेत जोड्ने) छ भने अर्को बुटवल पोखरा जोड्ने रहेको छ । दुबै योजनाका लागि बराबर ३ अर्ब ५० करोड छुट्याइएको छ ।

कर्णालीको लाईफलाइन सडकका रुपमा रहेको रत्नराजमार्गको स्तरोन्नतीका लागि यतिका ठूलो बजेट बिनियोजन भएको हो । सडक डिभिजन कार्यालय नेपालगन्जमा यस सम्बन्धमा कुनै परिपत्र भने आएको छैन् ।


यसै योजनाका लागि बेग्लै कार्यालय नै खोल्ने चर्चा चलेको छ । नयाँ आर्थिक वर्ष भर्खरै शुरु भएकाले योजना बनेपनि कार्यान्वयन हुन केही समय भने लाग्ने छ । सडक डिभिजन स्रोतका अनुसार यस सम्बन्धमा डिपिआर समेत बनिसकेको भए पनि जानकारीमा छैन ।

इन्जिनियरहरुका अनुसार उक्त योजना अन्र्तगत रत्नराजमार्गको आकार बढ्ने निश्चित छ । त्यसले नेपालगन्ज र कर्णाली आवागमनलाई झनै सहज बनाउँने छ । यो योजना कार्यान्वयन पछि कर्णाली र बाँकेबीच रहँदै आएको सामाजिक, आर्थिक सम्बन्धलाई कसिलो बनाउँछ ।

 

प्रकाशित मितिः     २१ श्रावण २०७८, बिहीबार १३:४५  |
error: Content is protected !!