बाँकेमा यस्तो छ कोभिडको तेस्रो लहर बिरुद्धको पूर्वतयारी (अध्ययन प्रतिवेदन सहित)


नेपालगन्जः बाँके जिल्लामा सम्भावित कोभिड–१९ को तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आज जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रलाई बुझाएको छ ।

केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई समितिका संयोजक डा विनोद खेतानले ४२ पुष्ठ लामो प्रतिवेदन बुझाउनु भएको हो । प्रतिवेदनमा कोभिड रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका सवालमा सुझाव दिइएको छ ।

तेस्रो लहरको पूर्वतयारीका लागि गुणस्तरी उपचार, अक्सिजनको प्रयाप्त व्यवस्थापन, उपकरणको व्यवस्थापन, बालबालिकाका लागि २० प्रतिशत शैया व्यवस्थापन गर्न सुझाव दिइएको समितिका सदस्य बसन्त गौतमले जानकारी दिनुभयो ।

यस्तै पीसीआरको दायरा बढाउनु पर्ने, सीमा नाकामा चेकजाँचलाई कडाइ गरिनु पर्ने, स्वास्थ्य मापदण्डको पूर्णपालना गरिनु पर्ने लगायतका बिषयलाई पनि प्रतिवेदनमा समेटिएको छ ।

प्रकाशित मितिः     २१ श्रावण २०७८, बिहीबार १४:५४  |