जमुनाहमा पार्किङ्ग, रुपैडिहामा किनमेल


नेपालगन्ज २६ साउन :  कोरोना नियन्त्रणका लागि बन्द गरेको जमुनाह नाका सरकारले खुलाएको छैन ।

तर किनमेल सहित अन्य कामका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपालीको संख्या सामान्य अवस्थाको भन्दा कम छैन् । दैनिक कति नेपाली रुपैडिहा जान्छन् भन्ने रेकर्ड राख्ने चलन नभएको भएपनि जमुनाहमा वरपर पार्किङ्ग गरिराखेका मोटरसाईकल र अटो रिक्सालाई हेर्न हो भने पनि तथ्यांक सहजै अनुमान गर्न सकिन्छ ।

दैनिक संयौको संख्यामा मोटरसाईकल र अटोरिक्सा मार्फत नेपालीहरु रुपैडिहामा किनमेलका लागि जाने गरेका छन् । यिनै मोटरसाईकल र अटोरिक्साको पार्किङ्गले नेपाल प्रवेश गर्ने नाका जमुनाह कुरुप बनेको छ ।

सडक, फुटपाथ मात्र होइन व्यक्तिगताका घरमा समेत मोटरसाईकल र अटोरिक्साहरु पार्किङ्ग भएको देख्न सकिन्छ । यही मौकाको फाईदा उठाउँदै कतिपयले त पार्किङ्ग शुल्कका नाममा ठगिरहेका छन् ।

लकडाउन अघिसम्म रिक्सा र मोटरसाईकलमै नेपालीहरु रुपैडिहासम्म जान्थे । तर लकडाउन पछि सवारी लिएर जान मनाई भएकाले नेपालीहरुले जमुनाहामा पार्किङ्ग गरेर पैेदलनै रुपैडिया जाने गरेका छन् ।

यसरी पार्किङ्ग गरेर वापत रु २० रुपैयासम्म शुल्क तिर्न बाध्य छन् ।
सस्तो पाइने लोभमा नेपालीहरु पहिल्यैदेखि रुपैडिहा जाने गरेका थिए । कोरोना जस्तो महामारीमा मात्र होइन जान आउने मुस्किल अवस्था हुँदा समेत नेपालीहरु रुपैडिहा जान छाडेका छैनन् ।

 

प्रकाशित मितिः     २६ श्रावण २०७८, मंगलवार १४:१५  |