दलहरुमा झाँगिएको डन र धनवाद ! महाधिवेशनबाट काँग्रेसले समात्नुपर्ने बाटो


नेपाली कांग्रेसको १४औ महाधिवेशन नजिकिदै जाँदा नयाँ नेतृत्वका लागि स्थानीय देखी केन्द्र सम्म आकाक्षीहरु बढ्नु स्वाभाविक नै हो तर यस दौडानमा आजको आवश्यकता कस्तो नेतृत्वको हो भन्ने महत्वपूर्ण कुरा हो ।

धनवाद र डनवादले धुमिल बनेको राजनीतिलाई सही दिशामा लैजाने अभियानमा कटिबद्ध नेतृत्व स्थापित हुन सके मात्र अहिलेको जिम्मेवार पार्टी कांग्रेस र समग्र मुलुकको राजनीतिले सही दिशा समात्न सक्छ । नेपाली कांग्रेस मात्र होइन हरेक राजनीतिक दलहरु पछिल्ला चरणमा निरन्तर धनवाद र डनवादको प्रभावमा सन्चालन हुन थालेपछि लोकतान्त्रिक बहुदलीय व्यवस्था नै बदनाम बन्दै गएको छ ।

पार्टीका कार्यक्रममा सहभागी हुनका लागि विभिन्न जिल्लाहरूमा पुग्ने अधिकांश नेताहरु सिधै नव धनाढ्य, व्यापारी र ठेकेदारहरुको पहिलो घेराभित्र रहने गरेको सबैले देखिरहेका छ्न। तारे होटेलहरु उनीहरुको पहिलो रोजाइमा पर्छन् ।

पक्कै पनि स्रोत साधनका लागि व्यापारी र ठेकेदारहरुको सहयोग लिन जरुरी हुन्छ तर सुविधा भोगकै लागि उनीहरु नै नेतृत्वको पहिलो रोजाइमा पर्ने हो भने जिल्ला तहका त्यागी र निष्ठावान नेता र कार्यकर्ताहरुको उचित मूल्यांकन कसरी हुन सक्ला ? अहिलेको प्रमुख समस्या नै यही हो? यो उधोगति तर्फ निरन्तर लागिरहेको जटिल समस्या बाट लोकतान्त्रिक आन्दोलनको नेतृत्व कर्ता दल नेपाली कांग्रेस मात्रै होइन समकालीन नेपालका सबै दलहरू ग्रसित छ्न । अहिलेका युवा नेताहरूले पनि शुबिधा भोगिकै बाटो पछ्याउँदै छ्न ।

यदि अबको यात्रा पनि यहीँ ढंगले हुने हो भने जनताका नजरमा लोकतान्त्रिक शासन पद्धति अझै बदनाम हुने निश्चित छ । नेताले दिन दुगुना रात चौगुनाको हिसाबले हरेक तवरले परिवर्तनको अनुभव लिने तर जनताले साच्चिकै परिवर्तनको अनुभुती नपाउदा यो जनताका निम्ति अत्यन्त सुनौलो लोकतान्त्रिक ब्यवस्था पनि नेताका कारण बदनाम हुँदै गयको छ । अनेकौं अनेक तर्क बाट प्रष्ट हुन्छ कि लोकतन्त्रको मियो कांग्रेसभित्र कस्तो राजनीतिक संस्कारले बलियो जरा गाडेको छ ।


बिलाशी जीवनशैली नै भ्रष्टाचारको बीउ हो भन्ने कुरा नेतृत्व पंक्तिले बुझ्न जरुरी छ कि छैन ? यसै सन्दर्भमा तत्कालीन सभापति श्रदय सुशील कोइरालाले सुनाएको एउटा रोचक प्रसंग यहाँ उल्लेख गर्न सान्दर्भिक ठान्दछु । संसदीय निर्वाचनमा चितवन र नेपालगन्जबाट उम्मेदवारी दिएका स्वर्गीय कोइराला चुनावी प्रचार अभियानमा चितवनमा गएको बेला एकजना स्थानीय नेताले उहाँलाई भनेछन्- सुशील दा ! मेरो वार्डमा प्रचार अभियानमा लागेकाहरुलाई मासु भात खुवाउन पैसा चाइयो ।’ भनेर माग गरेछन , उहाँले ‘मलाई ब्यक्तिगत भोट दिने होइन क्यारे ! पैसा खर्च गरेर चुनाव जित्ने मेरो अवस्था छैन’ भन्ने जबाफ दिएर काठमाडौ फर्कनु भय छ।

तर पनि उहाँले त्यहाँबाट अत्याधिक मतका साथ चुनाव जित्नु भयो । यो प्रसंग धनवाद र डनवाद लाइ महत्त्व दिने नेतृत्वको आंखा खुलोस भन्नका खातिर उल्लेख मात्र गरेको हुं। लोकतान्त्रिक बहुदलीय व्यवस्थाको पहरेदार नेपाली कांग्रेसले आगामी महाधिवेशनमा धनवाद र डनवादलाई निस्तेज गर्दै स्वच्छ, इमान्दार, बौद्धिक तथा गतिशील नेतृत्व प्राप्त गर्न सके मात्र कांग्रेसको भविष्य उज्ज्वल रहला अन्यथा यहि यात्रालाइ निरन्तरता दिदै बिचार सिद्धान्त अनि निश्ठाको राजनीतिको घांटि रेटदै धनवाद अनि डनवादलाइ उच्च प्राथमिकतामा राख्ने हो भने गौरबमय इतिहास , जिम्मेवार बर्तमान अनि उज्यालो भबिश्य बोकेको कांग्रेस अझै अन्धकार मार्गबाट ओरालो लाग्ने निश्चित छ ।

मेरो आग्रह छ स्थानीय टोल वडा देखि केन्द्र सम्म बिचार, सिद्धान्त अनि निष्ठाको राजनितीले पार्टीलाइ आफनो जिवन कालमा निश्वार्थ सिचित गर्ने नेतृत्व अग्रज अनि युवा कुनै पनि समुहको ट्याग लागेकै भयता पनि उसको क्ष्यमता अनुसार पार्टी संचालनको जिम्मेवारीमा ल्याउने बाताबरण सृजना सबैले आआफ्नो तहमा गरौ अहंकार ,अनावश्यक तिक्तता , घमण्ड , नैतिकता बिहिन्ता ,राजनीतिमा हरेक खाले अतिवादले न पार्टी रहन सक्छ नत स्वयं नै रहन छ तसर्थ कांग्रेसमा यो १४ औ महाधिवेशन बाट कम्से कम निष्ठा र मर्यादित राजनीतिको पुनः सुरुवात गर्ने इच्छा शक्ति कांग्रेसजनमा आवस भन्ने कामनना गरौं । जय नेपाल

ओली नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्छ ।

प्रकाशित मितिः     २६ श्रावण २०७८, मंगलवार १७:४७  |
error: Content is protected !!