पहिले बामदेव,अहिले माधव नेपालले एमाले फुटाए


काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ । एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

 

विवाद भएकोले चुनाव चिन्ह तोकिएको छैन भने कलम चिन्ह भएको पार्टीसँग एकता भएकोले सो चिन्ह पनि हुनसक्ने पाण्डेले बताए । दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने उनको भनाई छ ।


एमालेमा अल्मलिएर रहेकाहरुलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत पाण्डेले आग्रह गरे । उनले केपी शर्मा ओली सुध्रिएर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने उल्लेख गरे । यसअघि बामदेव गौतमको अगुवाइमा एमाले बिभाजन भएको थियो ।

प्रकाशित मितिः     २ भाद्र २०७८, बुधबार १७:४१  |
error: Content is protected !!