पछिल्लो दुई वर्षमा नेपालगन्जमा ५० बढि होटल बन्द भए : भीम कँडेलसंगको कुराकानी


ऐतिहासिक शहर नेपालगन्ज व्यवसायिक हिसाबले पश्चिम नेपालकै मुख्य प्रवेश द्धारका रुपमा परिचित छ । पछिल्लो नेपालको राजनीतिक परिवर्तन पश्चात यस क्षेत्रको व्यवसाय धाराशायी हुँदै गईरहेको अवस्थामा राजनीतिक हिसाबले बन्द हड्ताल नाका बन्दि जस्ता व्यवसायमा अति असर पर्ने कुराले मर्माहीत परेका व्यवसायीहरुलाई पछिल्लो चरणमा विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसले झनै मर्माहीत बनाएको छ । पछिल्लो दुई वर्षमा ५० बढि मध्यम तथा साना होटल बन्द भए । कति त हाम्रो जानकारीमा छैन्, जानकारीमा आए यो संख्या अझ बढ्छ ।

यस संवेदनशील क्षणमा सम्पुर्ण पर्यटक स्तरीय तारे,डिलक्स र बजेट स्तरीय होटलहरुमा पर्न गएको असर हामी स्तब्ध छौं । वर्तमान अवस्थामा हामी होटल तथा पर्यटन व्यवसायी आ–आफ्नो व्यवसायी सञ्चालन गर्न,भवन निर्माण गर्न,बैंक बाट प्रोजेक्ट लोन,व्यवसायी ओडी,टर्म लोन लिएर व्यवसायी सञ्चालन गरेको स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रिय सरकारलाई जानकारी नै भएको कुरा हो । महामारीको चपेटामा परेर सिङगो पर्यटन क्षेत्र नै तहसनहस तथा क्षतविक्षत पारेकोले यस क्षेत्रको जगेर्ना र संरक्षण तथा सम्वद्र्धनका लागी सिङगो राज्यका सम्पूर्ण सरकारहरु र यस अन्र्तगतका निकायहरुले मध्यनजर गरी त्यसतर्फ पनि राज्यको ध्यान आर्कषण गराई सोही बमोजिमको योजना तर्जुमा गर्न जरुरी छ ।

लकडाउनका कारण यस क्षेत्रबाट बिस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरहरुलाई आवश्यक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गर्न जरुरी छ । मूलतः पर्यटनको मुल आधार तथा सार्वजनिक प्रकृतिको सेवा प्रदायक व्यवसायको रुपमा रहेको होटल व्यवसायमा हुन सक्ने संक्रमणको जोखीम र त्यसको न्युनिकरणका लागि आवश्यक पर्ने स्वास्थ्यसंग सम्बन्धी सामाग्रीहरु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गर्न जरुरी छ ।

३० संक्रमणको जोखीम बढ्दै जाँदा वर्तमान अवस्था लम्बिदै जानसक्ने यसका कारण आर्थिक भार दिनानुदिन झन झन बढ्दै गएकोले यस क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था टड्कारो रुपमा देखिएकाले तत् पश्चात् राज्यमा आईपर्न सक्ने भयावह स्थितिलाई मध्यनजर गरी त्यसतर्फ पनि राज्यको ध्यान आर्कषण गराई सोही बमोजिमको योजना तर्जुमा गर्न आवश्यक देखिएको छ भने आफ्नो जिल्लाका तथा अन्य जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान , तथा खोज अनुसन्धान गरी पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसार जरुरी छ ।

नेपालगन्ज पर्यटन गेट वे हो अत कर्णाली प्रदेश , लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पर्यटकीय स्थलहरुलाई मध्यनजर गर्दे पर्यटन प्रवद्धन को लागि पर्यटन डाइरी प्रकाशन गरी स्थलगत प्याकेज बनाई प्रचारप्रसार हुनुपर्छ । व्यवसायीक प्रवद्र्धन सम्बन्धि तालिमको व्यवस्थामा संघ संग सहकार्य गरियोस् , होटल तथा पर्यटन व्यवसायीको लागि पर्यटन प्रवद्र्धन सम्बन्धि तालीम को व्यवस्था गरियोस् ।
सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण गरी धेरै भन्दा धेरै पर्यटकहरु लाई यस क्षेत्रमा भित्रयाउने प्रयास गरियोस्, पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्न जरुरी छ ।

प्रकाशित मितिः     ५ भाद्र २०७८, शनिबार ०७:३५  |