नेपालगन्ज भित्रिएको ‘जावा’ मोटरसाईकलको ‘क्रेज’ !


नेपालगन्ज ८ भदौ : विश्व बजारमा क्लासिक लेजेन्डसको रुपमा लिईने जावा कम्पनीका मोटरसाइकल नेपालगन्ज बजारमा प्रवेश गरेको छ । जावा मोटरसाईकल नेपालगन्ज भित्रिएसंगै अग्नि मोटोइंक प्रालिले जावा मोटरसाइकलको बिक्री समेत शुरु गरेको छ ।

सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबीच अग्निी मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्र र गायक सुशान्त केसीले सामुहिकरुपमा शोरुमको उद्घाटन गरे । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको हो ।

 

अग्निी मोटोइंक प्रालिका महाप्रबन्धक मिश्रले जावा मोटरसाइकल दैनिक सवारी प्रयोगका साथसाथै लामोदुरीको यात्रामा भरपर्दो रहेको बताए । उनले भने–‘यसको स्पेयर्स पार्टस् सहजै उपलब्ध हुने र त्यो अग्नि मोटोइंक प्रालिमै ग्राहकलाई उपलब्ध गराइनेछ ।’

यो नयाँ आउटलेटको उद्घाटनसँगै, अग्नि मोटोइंकले नेपालगन्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा शुलभ पहुँच प्रदान गर्दछ र ‘जावा लाईफ’ को अनुभव गर्ने मौका प्रदान गर्दछ । अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक मिश्रले शोरूम उद्घाटनका क्रममा बोल्दै ‘हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो ।’

प्रकाशित मितिः     ८ भाद्र २०७८, मंगलवार १४:१९  |