गुणस्तर र मापदण्ड अनुसार काम नगर्ने ठेकेदारलाई हुनसक्छ १० बर्ष सम्म कैद


नेपालगन्ज :  रामबहादुर कुरुम्बाङ्ग एउटा सफल प्रशासकका रुपमा परिचित छन् । बाँकेपछि हाल दाङ्गका प्रमुख जिल्ला अधिकारी रहेका उनी कानून विपरितका काम गर्नेलाई तत्काल कारवाही प्रक्रिया अगाडी बढाउन माहिर छन् । एक्सनमेनका रुपमा समेत चिनिने उनी आदेश कार्यान्वयनका लागि दिनरात नभनी आफै खटिन्छन् ।

यिनै सिडीओले बुधवार सामाजिक सन्जालमा मापदण्ड बिपरित काम गर्ने ठेकेदारलाई चेतावनी दिएका छन् । उनी कानून मिच्नेलाई कस्तो सजाय हुन्छ भनेर समेत पोष्ट गरेका छन् । उनी लेख्छन्–गुणस्तर र मापदण्ड अनुसार काम नगर्ने निर्माण ब्यबसायी र मतियारहरुलाई बढीमा १० बर्ष सम्म कैद हुनसक्छ । हेर्नुस मुलुकी अपराध ( संहिता ) ऐनको दफा २५० ।


 

 

प्रकाशित मितिः     ९ भाद्र २०७८, बुधबार १६:२१  |
error: Content is protected !!