सहकारी पीडितलाई ‘न्याय दिलाउन’ दुईवर्षदेखि निरन्तर सडकमा पूर्वमेयर


नेपालगन्ज १५ भदौ : बाँकेको नेपालगन्ज स्थित सहकारी वित्तीय विकास लिमिटेडले दुई वर्ष अघि १२ हजार खातावाला सदस्यको लगभग ५६ करोड रुपैयाँ हिनामिना गरेको थियो ।

जसले गर्दा वचतकर्ताहरु सङ्घर्षमा उत्रिनु परेको छ । सहकारी पीडितलाई ‘न्याय’ दिलाउन सडकमा छन् नेपालगन्जका पूर्व मेयर बिजय गुप्ता । पछिल्लो दुईवर्षसम्म कहिले अदालतको इजलासमा पीडितको पक्षमा उनले बहस गरिरहेका छन् भने महिनामा कुनै न कुनै दिन घाम पानी नभनी पीडितसंगै सडकमा आन्दोलनको अगुवाई गरिरहेका छन् । पूर्व मेयर गुप्ता भन्छन्–‘अनेक दुःख गरेर पैसा जम्मा गरेकाहरु यतिबेला धुरुधुरु रोइरहेका छन् । उनीहरुको पीडा मैले देख्न सकिन । त्यही भएर आन्दोलनको अगुवाई गरेको हुँ ।’

नेपालगन्ज स्थित सहकारी वित्तीय विकास लिमिटेडमा दुई वर्ष अघि १२ हजार खातावाला सदस्यको लगभग ५६ करोड रुपैयाँ हिनामिना गरेको थियो । जसको भुक्तानी अहिलेसम्म हुन सकेको छैन । सहकारीले हिसाब हिनामीना गरेको आरोपमा केही व्यक्ति पूर्वपक्षका लागि थुनामा छन् भने केही व्यक्ति फरार रहेका छन् ।

आफनो छाक काटेर विधवा भत्ता एकएक गरेर खातामा राखेको तर अहिलेसम्म पनि पैसा नपाएको जस्ता पीडित छन्  । आफनो बालबच्चालाई पढाई लेखाई गर्न समस्या भएको र सरकारले आफुहरुलाई केही पनि नहेरेको पीडितको भनाई छ । यस्तै पीडितको आवाज कसैले सुनुवाई गर्छन् की भनेर गुप्ता संघर्षमा होमिएका हुन ।

सहकारी बैङ्कमा आफुहरुले जम्मा गरेको पैसा खाईदिएको अलिेसम्म एक पैसा पनि नमिलेको बताएका छन । साथै सहकारीका सन्चालक समितीका अध्यक्ष लगायत जतीपनि पदाधीकारीहरु छन् सबैलाई जेल हाल्नुपर्ने र आफुहरुको पैसा पाउनुपर्ने माग गरेका छन ।


पीडितलाई भुत्तानी गर्ने सम्बन्धमा सरकार कमजोर रहेको बताएका छन । सरकारले मुद्दा दर्ता गराएर पीडितहरुलाई अल्झ्याएको आरोप लगाएका छन । सरकारले बाजरमा सहकारीले लगानी गरेका ऋणहरु उठाएर पीडितहरुलाई दिनुपर्ने र केही राहत सहयोग गर्नु पर्ने समेत बताउँछन् ।
बरिष्ठ अधिवक्ता समेत रहेका गुप्ताले सार्वजनि सरोकारको विषय भन्दा माथिको विषय भएको र दुई वर्ष पूरानो मुद्दा भएकोले मुद्दा अघि बढाउन आवगश्यक पर्ने सवै कागजातहरु संकलन गरेर मुद्दालाई अघि बढाउने बढाउनुपर्ने बताउँछन् ।

राजनीतिमा पनि उत्तिकै सक्रिय गुप्तालाई सहकारी पीडितको पक्षमा लाग्दा राजनीति गरेको आरोप समेत नलागेको होइन तर उनी त्यस्ता कुराबाट कत्ति पनि प्रभावित छैनन् । उनी भन्छन्–‘छोरीको बिहेका लागि भनेर पैसा जम्मा गरेकाहरुले पैसा पाएनन् । त्यही कारणले छोरीको बिहे भएन । घरजग्गा बेचेर पैसा जम्मा गरेकाहरुको बेहाल छ । यस्ता संयौ पीडितलाई न्याय दिनुपर्छ भन्दा कसैले राजनीति गरेको भन्छ भने भनोस् । ’

२०७६ साल ५ महिना २ गते सहकारी विरुद्ध जिल्ला अदालत बाँकेमा सहकारीविरुद्ध संठगित ठगि तथा अपचलन शिर्षकमा मुद्दा दर्ता भएको थियो । अदालतमा ४३ करोड रकम हिनामीनाको मुद्दा चलिरहेको छ । तर सबैले जाहेरी दिएको खण्डमा ५६ करोड रुपैयाँसम्म पुग्छ ।

 

प्रकाशित मितिः     १५ भाद्र २०७८, मंगलवार ०७:०९  |
error: Content is protected !!