पर्यटन विभागमा बाँकेका ९ स्टार होटल दर्ता, क्षमतामा सिद्धार्थ भ्यू सबैभन्दा ठुलो


नेपालगन्ज : बाँकेका नौंवटा तारे (स्टार)स्तरका होटल पर्यटन विभागमा दर्ता भएको पाइएको छ । एक तारेमा दुई,दुई तारे कुनै पनि छैनन् भने तीन तारे एउटा, चार तारे चारवटा र पाँचतारे होटल दुईवटा रहेका छन् । विभागले सन् २०२१ अगष्ट २१ गते आफ्नो वेयभसाइडमा प्रकाशन गरेको विवरण अनुसार कोठा,शैया(बेड) र कामदारको हिसावले सिद्धार्थ भ्यू सबैभन्दा ठुलो तारे होटलका रुपमा देखिन्छ ।

हेर्नुहोस् पर्यटन विभागमा दर्ता भएका तारे होटलको छोटो विवरण

१. पाँच तारे

सोल्टी होटल : नेपालगन्जमा रहेको पाँच तारे होटल सोल्टीमा ८० वटा कोठा छन् । ९९ वटा शैया छन् भने ८० जनाले रोजगारी पाएका छन् ।

सेन्ट्रल प्लाजा : कोहलपुरमा रहेको पाँच तारे होटल सेन्ट्रल प्लाजाको कोठा क्षमता ८० छ भने शैया ९९ र र७० जनाले रोजगारी प्राप्त गरेको वेयभसाइडमा उल्लेख छ ।

२. चार तारे

भ्यू सिद्धार्थ : सिद्धार्थ समूहले सन्चालन गरेको कारकाँदोस्थित यो होटल विभागमा दर्ता भएका मध्ये क्षमताका हिसावले सबैभन्दा ठुलो होटल हो । उक्त वेयभसाइडमा उल्लेखित विवरण अनुसार, १ सय १५ वटा कोठामा १ सय ७० वटा शैया रहेका छन् । उक्त होटलमा १ सय २० जनाले रोजगारी पाएका छन् ।

कृष्णा : सुर्खेतरोडमा रहेको कृष्णा होटललाई भारतीय व्यवस्थापन समूह सिग्नेटले सन्चालन गरिरहेको छ । यहाँ ९७ कोठा, १ सय ५४ शैया र ६० जनाले रोजगारी पाएका छन् ।


स्नेह : नेपालगन्जकै सम्भवत पहिलो तारे होटलका रुपमा रहेको स्नेहमा ६० कोठा,९६ शैया र २५ जनाले रोजगारी पाएको वेयभसाइडमा उल्लेख छ ।

होटल स्टार लाइट : चारतारे होटलका रुपमा यो होटल विभागमा दर्ता रहेको छ । यसको कोठा क्षमता ७३, शैया ९८ र ८५ जनाले रोजगारी पाएको उल्लेख छ ।

३. तीन तारे

कलपत्रु : न्यूरोडमा रहेको होटल कलपत्रुको कोठा संख्या ६६ वटा उल्लेख छ भने शैयाको संख्या ९३ र कामदार ५५ जना उल्लेख गरिएको
छ ।

४. एक तारे

होटल न्यू भेरी : नेपालगन्जको सबैभन्दा पुरानो होटलमा पर्ने यो होटलको कोठा १५ वटा रहेका छन् भने शैया ३० र ९ जनाले रोजगारी पाएको उल्लेख छ ।

होटल स्वीट ड्रिम : यो होटलको कोठा १५ उल्लेख गरिएको छ भने शैया ३० र कामदारको संख्या १२ रहेका छन् ।

बाँकेमा पछिल्लो समय तो होटल निर्माणको कामले गति लिएको छ। यद्यपी दुईवटा लकडाउन व्यहोरेका यि होटल सन्चालनका चुनौतीहरु रहेका छन् ।

प्रकाशित मितिः     २६ भाद्र २०७८, शनिबार १६:०८  |
error: Content is protected !!